विश्वकपको मुखैमा स्पेनका प्रशिक्षक बर्खास्त

विश्वकपको मुखैमा स्पेनका प्रशिक्षक बर्खास्त

म्याड्रिड : सन् २०१० विश्वकप विजेता स्पेनले रुस विश्वकपमा आफ्नो खेलको दुई दिनअघि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ।

स्पेनिस फुटबल संघले लोपेटेगुईले आफूहरूलाई जानकारी नै नगराई रियल म्याड्रिडसँग नयाँ सिजनका लागि सम्झौता गरेको कारण देखाउँदै बर्खास्त गर्नुपरेको जनाएको छ। रियल म्याड्रिडले मंगलबार लोपेटेगुईलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो।

सो घोषणाको मात्र पाँच मिनेट अघि रियल म्याड्रिडले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिएल्सलाई लोपेटेगुईसँगको सम्झौताबारे फोनमार्फत जानकारी दिएको थियो।

त्यसलगत्तै अध्यक्ष रुबिएल्सले लोपेटेगुईलाई बर्खास्त गरिएको जानकारी मिडियालाई गराएका थिए। ‘लोपेटेगुई सफल प्रशिक्षक हुन्। उनको प्रशंसा गर्न चाहन्छु’, अध्यक्ष रुबिएल्सले भने, ‘यद्यपि राष्ट्रिय टोलीको नेतृत्व गरिरहँदा रियल म्याड्रिडसँग गरेको सम्झौता बारे हामीलाई जानकारी भएन। त्यसैले हामीसँग उनलाई बर्खास्त गर्नुको विकल्प रहेन।’

अध्यक्ष रुबिएल्सले लोपेटेगुईको स्थानमा फुटबल संघका निर्देशक फर्नान्डो हिइर्राेलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएका छन्। लोपेटेगुई पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्कले जिम्मेवारी छाडेपछि सन् २०१६ मा स्पेनको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा स्पेनले एउटा पनि खेल हारेको थिएन।

उनको प्रशिक्षणमा खेलिएको २० मध्ये १४ खेलमा स्पेनले जित हात पारेको थियो भने मात्र ६ खेलमा बराबरीको नतिजा निकालेको थियो। रुस विश्वकपमा स्पेन समूह ‘बी’मा परेको छ। स्पेनले शुक्रबार युरोकप च्याम्पियन पोर्चुगलसँग प्रतिस्पर्धा गर्दै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.