फस्टाउँदै नाङ्लो व्यवसाय
भोजपुुर : हतुुवागढी गाउँपालिकाको ग्रामीण क्षेत्रका किसान नाङ्लो व्यवसाय गरेर मनग्गे आम्दानी गरिरहेका छन्। हतुुवागढी गाउँपालिकाका वडा नं ५ र ६ मा पर्ने होम्ताङका किसानले नाङ्लो व्यवसायबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्न थालेका छन्।
छिमेकी जिल्ला धनकुुटाको मुुगासँग सिमाना जोडिएको होम्ताङमा सिँचाइ अभावमा खेतीबाली राम्रो हुुन छाडेपछि ती क्षेत्रमा बाँस रोपेका छन्। किसानले बाँसको चोयाबाट नाङलो बुुनेरै लाखौ रुपैयाँ आम्दानी गर्न थालेका छन्। यस ठाउँमा अहिले नाङ्लो व्यवसायले उनीहरूको घरखर्च धान्नुुका साथै छोराछोरीको पढाइ खर्चका लागि समेत निकै राम्रो र भरपर्दो स्रोत बनेको छ।
घरका एक जनाले नाङ्लो बनाएरै मासिक १५ हजारभन्दा बढी आम्दानी गर्छन्। नाङलो व्यवसायले सोचेभन्दा बढी आम्दानी हुुने वडा नं ६ होम्ताङकी धर्मकुुमारी राई बताउँछिन्। उनी भन्छिन्, ‘पहिले वर्षभरि हातमुुख जोड्न समेत धौधौ पर्ने गाउँका सर्वसाधारण अहिले नाङ्लो व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन।’
सुुक्खा खडेरी लाग्ने ठाउँमा हरेक वर्ष अनिकालको सामना गर्ने होम्ताङका उद्यमी अहिले नाङ्लो व्यवसायबाट सहजै जीविकोपार्जन गरिरहेका छन्। विशेषगरी स्थानीय महिला नाङ्लो व्यवसायमा निकै सक्रिय छन्। यसका कारण उनीहरूलाई खानलाउन कुुनै समस्या छैन। ‘यो व्यावसाय थालेपछि खानलाउन कुुनै चिन्ता छैन’, धर्मकुुमारीले भनिन्। उनले वार्षिक दुुई लाखसम्म नाङ्लोबाटै आम्दानी हुुने सुुनाइन्। सुुरुवातमा आयआर्जनका लागि अन्य वैकल्पिक पेसालाई व्यावसायिक तरिका अपनाउन नजान्दा गरिबी थेग्नुुपरेको सुुनाउँदै वडा नं ६ होम्ताङकै अर्की उद्यमी रामबुुङ राईले नाङ्लो व्यवसायबाट उनीहरू सफल भएको बताइन्। भन्छिन्, ‘नाङ्लोका लागि बजार व्यवस्था भएपछि यो व्यवसाय गर्न सहज भएको छ। पहिले धेरै नाङलो बिक्री गर्न सकिन्छ भन्ने लागेको थिएन।’
वर्षौंदेखि नाङलो बुुन्दै आएका होम्ताङकै सफल उद्यमी बालकुुमार राई यसबाट मासिक २० हजारभन्दा बढी आम्दानी गर्छन्। अन्य व्यवसायभन्दा बढी आम्दानी दिने र बजारको सहज पहुुँच भएकाले नाङ्लो बुुन्ने व्यवसाय सहज बनेको उनी बताउँछन्। उनका अनुुसार नाङ्लो बुुन्ने व्यवसायबाट नगद आम्दानी हुुने भएकाले किसानले परम्परागत खाद्यन्नबाली छाडेर नाङ्लो व्यवसाय गर्न बाँसका झ्याङ विस्तार गरेका छन्।
हतुुवागढी गाउँपालिकाको होम्ताङका अर्का उद्यमी जीवन राईले पनि विदेशको मोह छाडेर मेहनेत र जाँगरले नाङ्लो बुुनेरै आफ्नै गाउँमा मनग्गे आम्दानी गर्ने गरेका छन्। केही पैसाको लोभमा मोटो रकम खर्चेर बिदेसिनुुभन्दा आफ्नै गाउँमा कृषि व्यवसायबाट हुुने आम्दानीमा जीवन गर्व गर्छन्। उनले दूरदराज कुुना गाउँमा सफल कृषि व्यवसायीको नमुुना बन्न स्थानीयस्तरकै व्यावसायिक पेसाको अनुुशरण गर्न सके नेपाली युुवा कामका लागि बिदेस जानुु नपर्ने बताए।
सातजनाको परिवार धानिरहेका होम्ताङकै अर्का स्थानीय व्यावसायी दपा राईले घरका अन्य तीन जनालाई पनि नाङलो बुुन्ने सीप सिकाउन भ्याएका छन्। व्यावसायिक सीपको दक्षतामा युुवालाई प्रोत्साहन गर्नसके स्वदेशमै विदेशको आम्दानी गर्न सकिने दपाले बताए। उनले सबै युुवालाई सीप विकास गराउनसके व्यावसायिकताबाट देशको आर्थिक उन्नतिमा टेवा पुुग्नुुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना हुुने प्रस्ट्याए। नाङ्लो बनाउने पुुख्यौली पेसालाई व्यावसायिक बनाएपछि उनीहरू अहिले त्यही कामबाट लाखौं आम्दानी गर्न सफल भएका छन्। गाउँबासी बाँसको नाङलोसहित बाँसको चोयाबाट बन्ने डोको, थुुन्से, डालो, ढाकी बुुनेर स्थानीय बजारमा बिक्री गर्दै आएका छन्।