मोटरसाइकलको ठक्करबाट बालक घाइते

मोटरसाइकलको ठक्करबाट बालक घाइते

बिर्तामोड : झापाको अर्जुनधारामा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन्। अर्जुनधारा नगरपालिका ६ बस्ने कर्णबहादुर सुनुवारका तीन वर्षिय छोरा अनमोल सुनुवार मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन्। 

बालकलाई बुधबार साँझ अर्जुनधारा नगरपालिका ६ भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प ८६८३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट टाउको र मुखमा गम्भीर चोट लागेका बालकको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

ठक्कर दिने मोटरसाइकल चालक तुलसीराम ढुंगेल प्रहरीको नियन्त्रणमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.