कुुपोषित बालबालिका लागि उपचार केन्द्र

कुुपोषित बालबालिका लागि उपचार केन्द्र

कावासोती : कडा कुुपोषण भएका बालबालिकाका लागि पूर्वी र पश्चिम नवलपरासीमा उपचार केन्द्र सञ्चालन गरिएको छ । कुुपोषण मध्ये सबैभन्दा जोखिममा रहेका ख्याउटेपनका बालबालिकाका लागि केन्द्र सञ्चालन गरिएको हो । बालबालिकाहरुमा विशेष पुुड्कोपन, ख्याउटेपन र कम तौल हुुने प्रमुुख लक्षणका कुुपोषण देखिने गरेको चिकित्सकले बताएका छन् ।

कुुपोषण बालबालिको स्वास्थ्यमा सुुधार ल्याउन जिल्लामा ‘शीघ्र कुुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालन गरिएको छ । सरकारको यो कार्यक्रमलाई एक्सन अगेन्सट हंगर संंस्था (भोकविरुद्धको अभियान) ले सहयोग गरेको छ । सोही कार्यक्रम अन्तर २ जिल्लाका तत्कालीन २४ गाविसमा केन्द्र स्थापना गरेर उपचार सुुरु गरिएको हो । केन्द्रबाट बालबालिकालाई तयारी उपचरात्मक खाना वितरण गरिने गरिएको छ । यो खाना ४२ दिनदेखि तीन महिनासम्म लगातार खुुवाउनुु पर्नेछ । सोही खानाबाट उनीहरुको स्वास्थ्यमा सुुधार आउने स्वास्थ्यकर्मीले बताएका छन् ।

कुुपोषण भएका बालबालिकाको स्वास्थ्य सेवामा पहँुुच गराई समुुदाय स्तरमै कुुपोषण निवारण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शीघ्र कुुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत रञ्जन कपालीले जानकारी दिए । संस्थाले जिल्लामा रहेका कुुपोषित बालबालिकाको प्रारम्भिक तथ्यांक लिन सुुरु गरेको छ । दुुबै जिल्लामा ६ महिनादेखि ५ वर्षमुुनिका बालबालिकाको संख्या ६३ हजार ९ सय १४ छ । जसमध्ये २ हजार ६ सय ८५ बालबालिकामा कुुपोषण देखिएकोमा दुुबै जिल्लामा ४ सय २४ जना बालबालिका कडा शीघ्र कुुपोषण देखिएको कार्यक्रम अधिकृत कपालीले जानकारी दिए । ती मध्ये ८६ जना निको भएका छन् । १४ जनाले पूरा समय खाना नखाएर बीचमै छाडेका (डेफल्टर) छन् । अन्यको उपचार जारी रहेको कपालीले बताए ।

कुुपोषित बालबालिका पहाडमा भन्दा तराइ क्षेत्रमा बढी देखिएको जिल्लाको तथ्यांकमा उल्लेख छ । पूर्वी जिल्लामा दुुम्कौलीमा सबैभन्दा बढी शीघ्र कुुपोषणका बालबालिका छन् भने पश्चिम जिल्लामा पाल्हीनन्दन गाउँपालिकामा बढी छन् । कार्यक्रम अन्तर्गत कुुपोषित बालबालिकाहरुको अवस्था पहिचान र जनचेतनाका लागि जिल्लामा ६ सय १ जना स्वास्थ्यकर्मी र ७ सय १५ स्वास्थ्य स्वयंसेविका परिचालन रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुुपोषित बालबालिकाको तथ्यांक संकलन गरी शीघ्र कुुपोषण (ख्याउटेपन) देखिएका बालबालिकालाई केन्द्रमा पठाउने गरिएको छ । अपर्याप्त खाना र आहार, घरायसी खाद्य असुुरक्षा, सेवाको पहुुँच अपर्याप्त र अपर्याप्त आर्थिक स्रोतका कारण कुुपोषण हुुने गरेको चिकित्सकहरुले जनाएका छन् ।

कडा शीघ्र कुुपोषण भएका बालबालिकमा उमेर अनुुसार शरीरको वृद्धि नहुुने, उचाइ नबढ्ने, तीव्र रुपमा तौल घटनेसँगै विभिन्न रोग लाग्ने र निको नहुुने जस्ता समस्या देखिन्छ । यस्ता बालबालिकाको समयमै उपचार नगराए मृत्युुसमेत हुुने भएकाले समयमै सजग हुुन चिकित्सकले सुुझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.