दाङमा झडप, तीन प्रहरीसहित स्थानीय घाइते
दाङ : स्थानीय र प्रहरीबीच झडप भएको छ।झडप हुँदा प्रहरीले दुई सेल अश्रुग्यास प्रयोग गरेको छ।इलाका प्रहरी कार्यालय गढवामा बालविवाह र शरीरमा आगो लगाइएको मुद्दा दर्ताको विषयमा प्रहरी र स्थानीयबीच झडप भएको हो।झडपको क्रममा प्रहरीले दुईसेल अश्रुरग्यास प्रहार गरेको छ। झडपमा तीन प्रहरी र केही स्थानीय घाइते भएका छन्।
५ महिनाअघि बालविवाह गरेको एक यादव समुदायमा झगडा हुँदा केटीले केटाको शरीरमा आगो लगाएपछि पीडित पक्ष उजुरीका लागि इलाका प्रहरी कार्यालय आएका थिए।प्रहरीले उजुरी दर्ता नगरेपछि स्थानीय आक्रोशित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !
८