चकलेटको प्रलोभनमा बालिका बलात्कार

चकलेटको प्रलोभनमा बालिका बलात्कार

राजविराज : चकलेट किनदिने प्रलोभन देखाई १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका –२ का ३२ वर्षीय मोहम्मद सबिरलाई शनिबार पक्राउ गरेको छ ।

चकलेट किनदिने प्रलोभन देखाई सबिरले शुक्रबार साँझ राजविराज नगरपालिका –३ स्थित भलुवाही खोलाको किनारमा रहेको झाँडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित घरबाट किराना समान किन्न बजार निक्लिएका बेला घटना भएको पीडितकी आमाले बताइन् ।

 पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार दिएको उजुरी दर्ता गरिएको  प्रहरी नायब उपरीक्षक(डीएसपी) भावेश रिमालले जानकारी दिए । डीएसपी रिमालका अनुसार जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका सविरलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने छ ।

मुलुकी ऐन जबरजस्ती करणी महलको १४ (१) बमोजिम आरोपितले कसुर अपराध गरेकाले उनलाई आठदेखि १२ वर्षसम्म कैद सजाय हुने र पीडितलाई क्षतिपूर्ति भराइने व्यवस्था रहेको डीएसपी रिमालले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.