डोजर चलाउने पोखराका मेयरले भने- 'दुर्घटनाले पाठ सिकायो'

डोजर चलाउने पोखराका मेयरले भने- 'दुर्घटनाले पाठ सिकायो'

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आफूले डोजर चलाउँदा भएको दुर्घटनाको नैतिक जिम्मेवारी लिएका छन्। शुक्रबार पोखराको फिर्केखोला किनारमा फुट ट्र्याक निर्माण सुरुवात गर्ने क्रममा मेयर जिसी आफैले डोजर चलाउँदा पाँचजना घाइते भएका थिए।

'फुट ट्र्याक निर्माणको शुभारम्भ गर्दा अपनाउनुपर्ने पर्याप्त सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना घटेको स्पष्ट पार्दै नैतिक जिम्मेवारी लिन चाहन्छु', प्रमुख जिसीले शनिबार जारी विज्ञप्तिमा भनेका छन्।

दुर्घटनाले पाठ सिकाएको उल्लेख गर्दै जिसीले विज्ञप्तिमा भनेका छन्- 'सोच्दै नसोचेको र अकल्पनीय घटना भएको र यसले एउटा पाठ सिकाएको महसुस गर्दै यो दुर्घटनालाई सोही रुपमा बुझिदिन अनुरोध गर्दछु।'

पढ्नुस् महानगर प्रमुख जिसीद्वारा जारी विज्ञप्तिः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.