३९  घण्टापछि जीवितै उद्धार

३९  घण्टापछि जीवितै उद्धार

 खाँदबारी : अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा बेपत्ता भएका चारजनाको ३९ घण्टापछि जीवितै उद्वार भएको छ । शुक्रबार राति करिब ८ः४० बजे पहिरो खस्दा बेपत्ता भएका दुई भारतीयसहित चारजनाको ३९ घण्टापछि जीवितै उद्वार गरिएको हो । 

बेपत्ता भएका  कालिकोटका कामदार ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका-१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्वार भएको हो । 

मकालु ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो।

पहिरो नरोकिँदा र वर्षा पनि भइरहँदा उद्धारमा समस्या देखिएको थियो । सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाए पनि फसेकालाई निकाल्न सकिएको थिएन ।  लामाे समयकाे प्रयासपछि आइतबार बिहान साढे ११ बजे उनीहरुको उद्वार भएकाे हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.