एउटै वडामा ६ खानेपानी आयोजना

एउटै वडामा ६ खानेपानी आयोजना

बेनी : खानेपानीको चरम अभाव झेलिरहेका म्याग्दीको एक वडामा एकै पटक ६ खानेपानी आयोजनाको निर्माण कार्य अघि बढेको छ। कठिन भुगोल, छरिएर रहेको बस्ती र सीमित पानीको मुहान रहेको मालिका–४ ओखरबोटमा गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले घर–घरमा पानी पु¥याउनले उद्देश्यले उक्त आयोजना सुरु गरेका हुन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले ३७ लाख ४० हजार रुपैयाँको लागतमा चुनारे खानेपानी र २७ लाख १२ हजार रुपैयाँको लागतमा ताले खानेपानी आयोजनाको निर्माण कार्य भइसकेको जानकारी दिए। उनका अनुसार, यी दुई खानेपानी आयोजनाबाट एक सय ५ धरधुरी लाभाम्वित भएका छन्।

गाउँपालिकाले दिएको जानकारी अनुसार, ५३ लाख ६३ हजार रुपैयाँको लागतमा डिल्ली खानेपानी आयोजना, ६५ लाख १२ हजार रुपैयाँको लागतमा बन्दरमूल खानेपानी आयोजना, ५६ लाख ३५ हजार रुपैयाँको लागतमा जुगेपानी खानेपानी र ४५ लाख ३ हजार रुपैयाँमा छ्यारछ्यारे भोम्सा खानेपानी आयोजना निर्माणधीन अवस्थामा छ। असार मसान्तभित्र आयोजना निर्माण हुनुपर्ने भएपनि जनशक्ति र निर्माण सामग्रीको अभावले केही बिलम् हुने वडाध्यक्ष दिलीपकुमार शेरचनले जानकारी दिए।

‘सबै आयोजनाहरु ७० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेका छन्, गाउँमा खेतीपातीको समय सुरु भएको र निर्माण सामग्री ढुवानीका लागि सडक अवरुद्ध हुँदा केही ढला हुने भयो’, वडाध्यक्ष शेरचनले भने, ‘यी आयोजना बन्यो भने २०२७ सालदेखिको समस्या समाधान हुनेछन्।’ डिल्ली खानेपानीबाट ५०, बन्दरमूल खानेपानीबाट ६५, जुगेपानी खानेपानीबाट ५० र छ्यारछ्यारे भोम्सा खानेपानी आयोजनाबाट ६० धरधुरी गरी सबै आयोजनाबाट ३ सय ५० धरधुरीमा खानेपानीको पहुँच पुग्नेछ। खानेपानी आयोजनाका लागि स्थानीयले २० प्रतिशत श्रमदान गरेका छन्। गाउँमा आधुनिक धारासहित व्यवस्थित तरिकाले पानी उपभोग गर्न पाइने भएपछि स्थानीय उत्साहित भएर श्रमदान गरिरहेको बन्दरमूल खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले जानकारी दिए। ‘१०÷१५ दिन घर कुरियाले श्रमदान ग¥यौं, कुवाको पानी खाँदै आएका थियौं, अब व्यवस्थित पानी पिउने भएपछि हामी श्रमदान गर्न तयार भयौं’, उनले भने। ७ वटा वडा रहेको मालिकामा ओखरबोट नै सबैभन्दा कठिन भूगोल र छरिएको बस्ती हो। ओखरबोटमा मगर, छन्त्याल, थकाली र दलित समुदायको बसोबस छ। गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पानीको अत्यधिक समस्या भएकोले उच्च प्राथामिकता दिएर बजेट र कार्यक्रम दिइएको बताए। ‘केही उद्घाटन भइसकेको छ भने केही निर्माणधीन अवस्था छन’, उनले भने, ‘ति आयोजनाहरु पनि सम्पन्न भयो भने ओखरबोटको मुख्य समस्या समाधान हुन्छ।’

                            


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.