भेलमा आएको दाउरा काट्न जाँदा खोलाले बगाएर मृत्यु
विर्तामोड : झापा शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित माईखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खोलाले बगाएर ल्याएको दाउरा काट्न जाँदा सोही स्थानका ४८ वर्षीय दावा शेर्पालाइ खोलाले बगाएको हो ।
उनको शव अस्थायी प्रहरी पोष्ट माइधारबाट गएको प्रहरकिो टोलीले घटना स्थलदेखि केहि तल खोलाबाट निकालेको थियो । शेर्पाको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।