डा. देवकोटाको निधनले शोकमा पण्डित गाउँ

डा. देवकोटाको निधनले शोकमा पण्डित गाउँ

 गोरखा : वरिस्ट न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनले उनको गाउँ शोकमा डुबेको छ । ‘गाउँलाई असाध्यै माया गर्थे । जन्मेको थलो सम्झेर बेलाबेला आइरहन्थे । उनी आउँदा सय डेढसय मान्छे थुप्रिन्थे । कसैले नाडी छामिदिनू भन्थे, कसैले मुटुको ढुकढुकी हेरिदिनू भन्थे’, पालुङ्टार ४ पण्डितगाउँकी कलादेवी देवकोटाले भनिन्, ‘आखिर सबैलाई छाडेर उनी गए । अहिले गाउँको बत्ती निभेजस्तो भएको छ । अल्पायूमा जान लेखेको रहेछ ।’

भुइँचालोपछि गाउँलेको बिल्लिपाठ भएको बेला जस्तापाता बाँडेको सम्झँदै अर्का स्थानीय जुद्धविलास भण्डारीले भने, ‘लगभग करोड रुपैयाँ बराबरको जस्तापाता बाँडनुभएको थियो । उहाँको निधनले गाउँमात्र होइन, नेपालका लागि नै ठूलो क्षति भएको छ ।’ गोरखाबाट आएका बिरामी भनेपछि न्यूरो अस्पतालमा लागेको भीड हटाएर पनि आफैले उपचार गरिदिने गरेको उनले स्मरण गरे । उपचारबाटै समाज सेवा गर्ने डा. देवकोटाको प्रसंसा गर्दै भण्डारीले थपे, ‘कात्तिक २९ गते पालुङ्टार आमसभा सकेर फर्किनु भएको थियो । आफै बिरामी भएर आराम गरिरहेको बेला पनि गाउँकी ब्रेनट्यूमरले थला परेकीे राधिका बस्नेतलाई उपचार गर्न ल्याएको छ भन्ने थाहा पाएर आफैले अप्रेशन गर्नुभएको थियो । सी इज माइ लास्ट केस भन्नुभएको थियो । त्यसपछि कसैको उपचार गर्न सक्नुभएन ।’

२०१० सालमा जन्मेका डा. देवकोटाका दामले गाउँमा धेरै छन् । सुदर्शन प्राबिमा संगै कखरा पढेका देवेन्द्रराज देवकोटा डा. देवकोटाको निधनले स्तब्ध छन् । अहिले पनि उनीसंग संगै सिस्नेपानी धाराको पानी खाएको झझल्को छ । ‘मान्छे सानैदेखि हक्की थिए । लप्पनछप्पन नजान्ने, खरो स्वभावको । मन नपर्ने कुरा आए झगडा गर्न पनि तम्सिने’, बिगत सम्झिदै उनले भने, ‘ठूलो मान्छे बन्न लेखेको रहेछ । उनी शहरमा हामी गाउँमा भए पनि भेट भइरहन्थ्यो । अहिले सबैलाई छाडेर गए ।’

डा. देवकोटाले जन्मथलोलाई असाध्यै माया गर्ने अर्का स्थानीय शंकर देवकोटाको सम्झना छ । ‘बाजेको पालामा बनाएको पुरानो घर पुरानो भएको थियो । उनले त्यसलाई भत्काएर पुरानै ढाचामा जस्ताको तस्तै बनाएका थिए । त्यो घर पनि २०७२ सालको भुइँचालोले चर्कायो । त्यसलाई पनि जस्ताको जस्तै मर्मत गरेका थिए’, उनले भने, ‘घरमा आइरहन मन पराउँथे । उपचार गर्न बेलायत गए पनि नेपालमै फर्किए । नेपाल आएपछि मर्ने बेलामा पनि जन्मघरमा आए ।’

जन्मघर प्रति डा. देवकोटाको अद्भूत माया थियो । उनी अन्तिमपटक सिस्नेपानीको धाराको पानी खाने धोको लिएर जेठ २६ गते हेलिकोप्टरबाट गाउँ पुगेका थिए । त्यसबेला उनी शीर ठाडो गरेर हेर्न, कसैसंग बोल्न सक्ने अबस्थामा थिएन । सिस्नेधाराको पानी खाने अन्तिम इच्छा पूरा भए पनि नजिकैको मस्र्याङ्दी र चेपे मिसिएको ठाउँमा खुट्टा डुबाएर सितल ताप्ने अर्को इच्छा पूरा हुन नपाएको उनका मामाका छोरा काशिराज घिमिरेले बताए । सामान्य बिरामी भए पनि कात्तिक २९ गते ठाँटीपोखरीको आमसभामा पुगेका थिए । त्योभन्दा अघि कात्तिकमा लगाइएको महापुराणका बेला पनि उनी गाउँमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.