पुजापाठमा पारस शाह

पुजापाठमा पारस शाह

गोरखा : पूर्वयुवराज पारस शाह गोरखा आइपुगेका छन् । शुभेच्छुक, शुभचिन्तकका साथमा शाह मंगलबार साँझ ६ बजे गोरखा आइपुगेका हुन् । शाह लक्ष्मीबजारस्थित गोरखा गाउँ रिसोर्टमा बसेको रिसोर्टका केशव कुँवरले जानकारी दिए । गोरखकाली, गोरखनाथ र मनकामनाको पूजा गर्न तथा गोरखादरबार, गोरखा संग्रहालय अवलोकन भ्रमण गर्न शाह गोरखा आएको उनको साथमा रहेका होमसिंह बस्न्यातले जानकारी दिए ।

बस्न्यातका अनुसार शाह बुधबार बिहान गोरखनाथ तथा गोरखकालीको पूजाअर्चनामा सहभागी हुनेछन् । उनलाई लक्ष्मीबजारदेखि केही युवाले मोटरसाइकल ¥यालीका साथ दरबारसम्म साथ दिने भएका छन् । ‘पूजा सकेपछि गोरखा संग्रहालयको अवलोकन गर्ने, संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने र त्यही सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम छ’, शाहको साथमा रहेका अर्का रविसिंह बस्न्यातले भने ।

कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा सोमबार बास बसेका शाहले मंगलबार बिहान मनकामना मन्दिरमा पूजा गरेका थिए । पूजामा उनले करिब आधाघण्टा समय बिताएको स्थानीय प्रेमकुमार श्रेष्ठले बताए । शाहको साथमा कुरिनघाटबाट आमा समूह र केही रामनामी पछ्यौरासहितका युवा आएका थिए । मनकामना दर्शनपछि उनी उदिपुर कालिकाको दर्शन गर्न लमजुङ पुगेका थिए । तर, स्वास्थ्यका कारण मन्दिरसम्म पुग्न नसकेको स्थानीय इन्द्र मल्लले जानकारी दिए । ‘अस्वस्थताका कारण मन्दिरसम्म पुग्न सक्नुभएन’, राप्रपा लम्जुङका अध्यक्ष समेत रहेका मल्लले भने, ‘मन्दिरका पुजारीलाई करिब तीन सय मिटर तल बोलाएर पूजासामग्री दिएर फर्किनुभयो ।’ पुजारीले उनको नाम पूजा गरी सोही ठाउँको पार्टी प्यालेसमा आएर पारसलाई टीका लगाइदिएका थिए । पार्टी प्यालेसमा खाना खाएर स्थानीयसँग पारसले भेटघाट पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.