पारसले गरे गोरखकालीमा पूजा

पारसले गरे गोरखकालीमा पूजा

गोरखा : गणतन्त्र घोषणापछि पहिलो पटक गोरखा आएका पूर्वयुवराज पारस शाहले गोरखा बसाइको दोस्रोदिन गोरखकाली र गोरखनाथको पूजा गरेका छन् । मंगलबार गोरखा आएका पारसले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म देवदेवीको विशेष पूजाआजा गरेका हुन् । गोरखकालीलाई शाह वंशको कुलदेवता मानिन्छ । शाह पूजा गर्न गोरखा दरबार बसपार्कबाट करिब २५ मिनेट हिँडेर मन्दिरसम्म पुगेका थिए ।

निजी भ्रमणमा शाह गोरखा आएको उनी निकट स्रोतले जनाएको छ । ‘पूजाआजा र भ्रमणका लागि उहाँ गोरखा आउनु भएको हो’, पारसका निकट रविसिंह बस्न्यातले भने । गोरखा दरबारको अवलोकन तथा पूजापछि पारसले गोरखा संग्रहालय पनि अवलोकन गरे । संग्रहालयसँगै रहेको पृथ्वीनारायण शाहको सालिकमा उनले माल्यार्पण पनि गरेका थिए ।

संग्रहालय अवलोकन गर्ने क्रममा उनले शाहवंशीय राजाको इतिहास र पुराना हातहतियारबारे चासो राखेका थिए । संग्रहालयमा राखिएका प्राचीन हतियारको बारेमा हेरचाह अड्डाका कर्मचारीलाई उनले सोधपुछ गरेका थिए । राप्रपाका कार्यकता र राजावादी भनेर चिनिएका युवाले उनलाई लक्ष्मीबजारदेखि मोटरसाइकल ¥याली गर्दैै गोरखा दरबार पु¥याएका थिए । दरबारका नगर्चीले बाजागाजाका साथ उनलाई स्वागत गरेका थिए । शाह बुधबार काठमाडौं फर्किए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.