पाकिस्तानी सेनाध्यक्षले राष्ट्रपतिलाई भेटे
काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन, शीतल निवासमा भेट गरेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालको भ्रमणमा रहेका जनरल हायातले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग पनि मंगलबार रक्षा मन्त्रालयमा भेटवार्ता गरेका छन्।
निर्देशनालयका अनुसार बुधबार जनरल हायातले पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्र र ऐतिहासिक सिन्धुलीगढीको पनि भ्रमण गरेका थिए।