खोलाले बगाएर सवओभरसियरको मृत्यु
दमक : झापाको गौरादमा खोलाले बगाएर सवओभरसियरको मृत्यु भएको छ । गौरादह नगरपालिका ९ स्थित कमल खोलाले बगाएर दिलिप गुराँगाइको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।
झापा गौरादह नगरपालिका ९ स्थित कमल खोलाले बगाएर पाँचथर नागी–५ घर भई स्यालडाँगी–बैगुनधुरा सडक खण्डमा निर्माणाधीन पुलका सब–ओभरसियर गुरागाँईको मृत्यु भएको हो । खोलामा पौडी खेल्नेक्रममा गुराँगाईलाई खोलामा आएको बाढीले बगाएर लगेको थियो ।
खोलाले बगाएको स्थानीयले प्रहरी चौकी महाभाराले जानकारी दिए । खोजीमा निस्किएको प्रहरीको टोलीले गुराँगाईको करिब १०० मिटर पर खोला किनारमा शव फेला पारेको थियो ।