काभ्रेमा मिनीट्रक दुर्घंटना, एकको मृत्यु, ११ घाइते
बनेपा : काभ्रेको बनेपा- ५ स्थित रबिओपीमा सोमबार बिहान बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन्।
सडकबाट अनियन्त्रीत भइ ५० मिटर तल खस्दा ट्रकमा सवार मण्डन देउपुर नगरपालिका- १२ की ४० वर्षीया लालिमाया तामाङ्गको उपचारका क्रममा मृत्यु भएको र अरु १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट खसी आगो समेत लागेको डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए। मरासिनीका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !