बजेटको विरोधमा कांग्रेस र राजपाबाट संसद अवरुद्ध

बजेटको विरोधमा कांग्रेस र राजपाबाट संसद अवरुद्ध

धनगढीः सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बजेटको विरोध गरिरहेका बेलाप्रदेश नम्बर ७माविपक्षले संसद बैठक अवरुद्ध गरेका छन् । प्रदेश सरकारले ल्याएको बजेट जनतामुखी नभएको र कार्यकर्ता पोस्ने बजेट भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद बैठक अवरुद्ध गरेका हुन् ।

असार १ गते प्रदेश सरकारले २५ अर्ब ६ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । सोमबार अपरान्ह ४ बजेदेखि सुरु बजेटमाथिको छलफलमा सभामुख अर्जुनबहादुर थापाले बैठकको कार्य प्रारम्भ भएको सूचीत गर्ने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर बजेटमाथिको छलफलको विरोध गरेका थिए । 

सभामुख थापाले केहीआपत्ति भए एकजना सदस्यले आफ्नो कुरा राख्न निर्देशन गरेपछि कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले ल्याएको बजेट डल्लो बजेट भएको र त्यसले कार्यकर्ता पोस्ने भएकाले संशोधनको माग गरे । 

‘सरकारले जेठमा ल्याएको एक अर्ब ५ करोडको अल्पकालिन बजेटको पहिलो भएकाले समर्थन गर्यौं, तर त्यसको चरम दुरुपयोग भएको छ’, उनले भने, ‘अहिले पनि अल्पकालिन जस्तै डल्लो बजेट आएको छ । त्यो सीधै कार्यकर्ता पोस्न हो, त्यसैले त्यो बजेट संशोधन भएर आउनुपर्छ ।’ उनले बजेट संशोधनन भए प्रतिपक्षको दायित्व निर्वाह गर्ने बताए । 

उनले शीर्षकबिनाको बजेट पास भएपछि त्यसको चरम दुरुपयोग हुनसक्ने बताए । ‘प्रदेशका गौरवका योजनाका लागि डीपीआर छैन भनेर डल्लो बजेट विनियोजन भएको छ, पर्यटनका लागि अर्बौँ बजेट विनियोजन गरिएको छ, प्रतिपक्षलाई छलफलमा बोलाएर थपिएका योजना र गरिएको प्रतिवद्धता पनि पुरा भएका छैनन्’, बजेटप्रति टिप्पणी गर्दै उनले आरोप लगाए । 

विपक्षी सांसदको तर्फबाट डाक्टर रावलले संसदमा सम्बोधन गरेर पनिउनीहरुले आफ्नो सीटमा नबसेपछि दुई पटकसम्म सभामुख थापाले बस्न निर्देशन गरेका थिए । तर प्रतिपक्षीदलका सांसद सदनमा उभिइराखेपछि बैठक स्थगित गरियो । संसदको अर्को बैठक मंगलबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.