पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत पौडेल बेपत्ता

पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत पौडेल बेपत्ता

काठमाडौं: स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष एवम् पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल शनिबारदेखि बेपत्ता भएका छन् । पौडेल मर्निङ वाकको सिलसिलामा घरबाट निस्किएदेखि फर्किएका छैनन् ।

युनियनले महानगरकै कारण पौडेल तनावमा रहेको र त्यही कारण समस्या भएको आरोप लगाएको छ । ‘महानगरपालिकाले फरक विचारधारा भएकै कारण राजनीतिक आस्थाकै कारण कर्मचारी पौडेललाई सरुवा गर्दिन्छु भन्दै चरित्र हत्यासम्मको मानवीय सम्वेदनामाथि प्रहार गरेको हो’, युनियनका महासचिव रामप्रसाद पौडेलद्धारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

महानगरको प्रमुख एवम् व्यवस्थापन पक्षबाट घटुवा गर्ने, पदीय हिसाबको मान मर्दन, विनाकारण अपायक सरुवा गर्ने र लाञ्छना लगाउने गरेको कुरा जानकारीमा आएको विज्ञप्तीमा जनाइएको छ। 

विज्ञप्तिमा पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि आएपछि फरक विचार राख्ने कर्मचारीलाई पेशागत र मानवीय संवेदनामाथि प्रहार हुन थालेको भन्दै विरोध जनाएको छ । विज्ञप्तिमा बेपत्ता पौडेलको शीघ्र खोजी गरी सत्यतथ्य पत्ता लगाई बेपत्ता हुन बाध्य बनाउने माथि कारबाही गर्न माग गरिएको छ ।

पौडेल हराएकै दिन बिहान पोखराको महेन्द्रपुलबाट एक व्यक्तिले सेती नदीमा हामफालेका थिए । हुलिया खुल्न नसेकका ती व्यक्तिको पनि अवस्था अज्ञात छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.