विद्यालय हिडेका प्रधानाध्यापक बीच बाटोमै बेपत्ता
ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित गुप्तेश्वर माविका प्रधानाध्यापक मदनकृष्ण दाहाल बेपत्ता भएका छन् ।
मंगलवार बिहान बिद्यालय जान भनी घरबाट हिडेका दाहाल मेची राजमार्गस्थित पाथीभरा याङवरक गाउपालिका–१ को मेवाखासम्म पुगेर खाजा खाएको र त्यहाँबाट विद्यालय नपुगेको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । ‘हिजो बेलुकादेखि खोजी सुरु गरेका छौं,’ बस्नेतले भने, ‘बुधवार बिहान पनि थप टोली गएको छ ।’
फुङलिङ नगरपालिका–६ दाहाल गाउ घर भएका दाहाल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिवसमेत हुन् । शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष महेन्द्र प्रकाश गौतमका अनुसार उनी मंगलबार बिहान ६ बजे गाडीबाट मेवाखा पुगेका थिए ।
गौतमका अनुसार उनीस“ग साथमा अर्को एकजना साथी पनि थिए । तर उनको पहिचान खुलेको छैन । मदन आइतबार स्कुलबाट सदरमुकाम आएका थिए ।