अनुगमनको सुइँकोले भागे व्यवसायी

अनुगमनको सुइँकोले भागे व्यवसायी

बेसीसहर : औषधि व्यवस्था विभागको अनुगमन टोली लमजुङ आउँदा औषधि पसल बन्द गरी व्यवसायी लुकेका छन्। विभाग र जिल्ला प्रशासन कार्यालयले बेसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकाका बजार क्षेत्रमा रहेका औषधि पसलको अनुगमन गरेको थियो। औषधि पसलमा छड्के अनुगमन गर्दा पसल बन्द गरी सञ्चालक भागेका हुन्।

लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अनुगमन टोली पुग्दा सञ्चालक पसल बन्द गरेर भागेको बताए। उनले भने, 'बिहानसम्म खुलेका औषधि पसल अनुगमन टोली पुग्दा बन्द भएको पाइयो।' 

प्रजिअ ढकालका अनुसार अनुगमन गरिएका २९ वटा औषधि पसलमध्ये चारवटा औषधि पसल सम्बन्धित व्यक्तिको नाममा दर्ता भएपनि आफैले सञ्चालन नगरेको भेटिएकाले उक्त पसल बन्द गराइएको छ । 

उनीहरुलाई दश दिनभित्र औषधि व्यवस्था विभाग, काठमाडौंमा उपस्थित हुन निर्देशन दिइएको प्रजिअ ढकालले बताए। त्यस्तै अनुगमन गरिएका मध्ये चारवटा औषधि पसलमा लागू तथा मनोद्धिपक औषधि गर्ने गरेको तथा औषधि विक्रीको अभिलेख दुरुस्त नमिलेको पाइएकाले औषधि व्यवसायीलाई समेत रेकर्डसहित औषधि व्यवस्था विभाग, काठमाडौंमा उपस्थित हुन निर्देशन दिइएको छ।

एउटा औषधि पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको १०० एम जी को जेनेग्रा औषधि सञ्चय गरेको पाइएकाले व्यवसायीलाई सक्कल प्रमाणपत्रसहित औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
 
औषधि पसलमा बील चुस्त दुरुस्त नभएको, पसल दर्ता प्रमाणपत्र नविकरण नगरिएको, म्याद सकिएको औषधि विक्रीवितरण गरिएको, नेपाल सरकारबाट प्रतिबन्धित औषधि विक्री गरिएको फेला परेको थियो। 

औषधि व्यवस्था विभाग, काठमाडौं र जिल्ला प्रशासन कार्यालय लमजुङका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले जिल्लाका बेसीसहर नगरपालिका क्षेत्रको बेसीसहर,उदीपुर र सुन्दरबजार नगरपालिकाको पाउँदी, सिउँडीबार, भोटेओडार, सुन्दरबजार र खत्रीठांटीमा रहेका औषधी पसल अनुगमन गरिएको थियो । यस्तै मध्यनेपाल नगरपालिकाको भोर्लेटार, दुईपिप्ले र रामबजारमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.