चिकित्सकलाई पनि टेरेनन् म्याराडोनाले

चिकित्सकलाई पनि टेरेनन् म्याराडोनाले

मस्को  : जितको उन्माद र हारको पीडाले मानिसलाई कहिलेकाहीँ अप्ठ्यारो अवस्थामा पु¥याउने गर्छ । रुसमा जारी विश्वकप फुटबलको अर्जेन्टिना र नाइजेरियाबीचको खेलका क्रममा पनि महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई त्यस्तै अप्ठ्यारो प¥यो । समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग गर या मरको स्थितिमा रहेको खेल खेल्दा चरम तनावमा देखिएका म्याराडोना घरीघरी निदाउँथे ।

उनी कहिले जुरुक्क उठेर चिच्याउने गर्थे भने कहिले आकाशतिर हेर्दै भगवान्सँग टोलीको जितको प्रार्थना गर्थे । उक्त खेल हारेको भए उनको देश अर्जेन्टिना विश्वकपको समूहगत चरणबाटै बाहिरिने निश्चित थियो । खेलका क्रममा निकै उत्तेजित बनेपछि म्याराडोनालाई चिकित्सकले खेल नहेर्ने सुझाव पनि दिए । 

तनावमा देखिएको म्याराडोनाको रक्तचाप उच्च देखिएकाले चिकित्सकले उनलाई रंगशालाबाट बाहिरिन सुझाव दिएका थिए । तर, उनले चिकित्सकको सल्लाह मानेनन् ।

पहिलो हाफमा लियोनल मेसीको गोलपछि उत्साही बनेका म्याराडोनामा खुसी र पीडा उत्तिकै देखिन्थ्यो । खेलका क्रममा चिकित्सककै निगरानीमा राखिएका ५७ वर्षीय म्याराडोनालाई दोस्रो हाफमा पुनः चिकित्सकले खेल नहेर्न र होटेलमा गएर आराम गर्न सुझाए दिएका थिए । कहिले निदाउने र कहिले एक्कासि उफ्रिएर चिच्याउने गरेका म्याराडोनाको स्वभावले चिकित्सकलाई पनि अप्ठ्यारो परेको थियो ।

तर, म्याराडोनाले कुनै पनि हालतमा खेल छाड्न मानेनन् । खेलको अन्तिममा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलले हराउँदासमेत म्याराडोना चिकित्सककै पूर्ण निगरानीमा थिए । खेलपछि पनि उनी चिकित्सकको निगरानीमै रहेको बताइएको छ । 

उक्त खेलमा सफलता हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगिससेको छ । ‘हो मलाई चिकित्सकले पटकपटक परीक्षण गरे । दोस्रो हाफको खेल सुरु हुनुअघि नै उनीहरूले रंगशालाबाट बाहिरिन सुझाए दिएका थिए । अर्जेन्टिनाको फुटबल यस्तो अवस्थामा हुँदा म कसरी बीचमै हिँड्न सक्थेँ । मलाई त्यहीँ बस्न मन थियो,’ म्याराडोनाले भनेका छन् ।

अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जित्दा म्याराडोना टोलीका महत्वपूर्ण सदस्य थिए । अर्जेन्टिनाले रुस विश्वकपको पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरी र दोस्रो खेल क्रोएसियासँग ३–० गोलको अप्रत्याशित हार खेपेपछि म्याराडोनाले अर्जेन्टिनी टोलीसँग भेट्न चाहेका थिए ।

यो पनि पढ्नोसः अर्जेन्टिनाको जितमा 'सेलिब्रेसन' गर्दागर्दै म्याराडोना अस्वस्थ

 उनले अर्जेन्टिनाको ती दुवै खेल पनि रंगशालामै पुगेर हेरेका थिए । क्रोएसियासँगको हारपछि झनै क्रुद्ध देखिएका म्याराडोनाले हारको दोषी खेलाडी नभएर अरू नै कोही भएको भन्दै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडिओ टापिया र प्रशिक्षक जर्ज साम्पाओलीको समेत आलोचना गरेका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.