चितवनमा प्रहरीले युवक कुटपिट गरेको भिडियो भाइरल, छानबिन गर्न समिति गठन

काठमाडौं : प्रहरीले एक युवकलाई निर्घात् कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पावर देखाएको भन्दै गस्तीमा खटिएका प्रहरीले ती युवकलाई मरणासान्न हुनेगरी बुटैबुटले कुटेको भिडियोमा देखिन्छ।
यो घटना चिवतनको भरतपुर महानगरपालिका- ११ बसेनी चोकको हो। सडकमा मोटरसाइकल रोकेर केही युवाहरू कुरा गर्दै गरेको अवस्थामा गस्तीमा रहेका एक प्रहरीले सडक पेटीमा उभिएका ती युवकलाई लात्ताले हानेर पेटिमा लडाएर कोलाई फोन गरेको ? पावर देखाएको हो भन्दै कुटपिट गरेको भिडियोमा देखिन्छ।
राति गस्ती गर्ने क्रममा उक्त घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै प्रहरीले कुटपिट गरिरहेको भीडियो सामाजिक संजालमा सार्वजनिक भएको विषयमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाएर कारवाहीको प्रक्रिया अघि बढाएको छ।
पदीय मर्यादा र आचारण विपरीतका क्रियाकलाप गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
