अगुनमन टोली आउँदा पसल बन्द गरेर भागे व्यवसायी

अगुनमन टोली आउँदा पसल बन्द गरेर भागे व्यवसायी

बेसीशहर : औषधी व्यवस्था विभागको अनुगमन टोली लमजुङ आउँदा औषधी पसल बन्द गरेर व्यवसायी लुकेका छन्। विभाग र जिल्ला प्रशासन कार्यालयले बेसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकाका बजार क्षेत्रमा रहेका औषधी पसलको अनुगमन गरेको हो। औषधी पसलमा छडके अनुगमन गर्दा पसल बन्द गरी सञ्चालक भागेका हुन्। लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अनुगमन टोली पुग्दा सञ्चालक पसल बन्द गरेर भागेको जानकारी दिए। ‘बिहानसम्म खुलेका औषधी पसल अनुगमन टोली पुग्दा बन्द भएको पाइयोे’, उनले भने।

प्रजिअ ढकालका अनुसार अनुगमन गरिएका २९ वटा औषधी पसलमध्ये चारवटा औषधी पसल सम्बन्धित व्यक्तिको नाममा दर्ता भएपनि उसले सञ्चालन नगरेको भेटिएकाले उक्त पसल बन्द गराइएको छ। उनीहरुलाई दश दिन भित्र औषधी व्यवस्था विभाग, काठमाडांैमा उपस्थित हुन निर्देशन दिइएको प्रजिअ ढकालले बताए।

अनुगमन गरिएका मध्ये चारवटा औषधी पसलमा औषधी बिक्रीको अभिलेख दुरुस्त नमिलेको पाइएकाले औषधी व्यवसायीलाई समेत रेकर्डसहित औषधी व्यवस्था विभाग, काठमाडौमा उपस्थित हुन निर्देशन दिइएको छ। एउटा औषधी पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको १ सय एमजीको जेनेग्रा औषधी सञ्चय गरेको पाइएकाले निज व्यवसायीलाई सक्कल प्रमाणपत्रसहित औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

औषधी पसलमा बिल चुस्त दुरुस्त नभएको, पसल दर्ता प्रमाणपत्र नवीकरण नगरिएको, म्याद सकिएको औषधी बिक्रीवितरण गरिएको, नेपाल सरकारबाट प्रतिबन्धित औषधी बिक्री गरिएको फेला परेको थियो। औषधी व्यवस्था विभाग, काठमाडैाँ र जिल्ला प्रशासन कार्यालय लमजुङका प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीले जिल्लाका बेसीसहर नगरपालिका क्षेत्रको बेशीसहर, उदीपुर र सुन्दरबजार नगरपालिकाको पाउँदी, सिउँडीबार, भोटेओडार, सुन्दरबजार र खत्रीठाँटीमा रहेका औषधी पसल अनुगमन गरिएको थियो। यस्तै मध्यनेपाल नगरपालिकाको भोर्लेटार, दुईपिप्ले र रामबजारमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.