सहलगानीमा खानेपानी योजना

सहलगानीमा खानेपानी योजना

कुस्मा : उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको ४० प्रतिशत काम भएको छ। खानेपानी तथा ढल निकास विभागको सहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रम अन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गत वर्षदेखि सुरु भएको हो। कात्तिकदेखि सुरुभएको आयोजना हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख डोटेलका अनुसार प्लेन सेडिमेन्टेसन ट्यांक, स्लो स्यान्ड फिल्टर, रिजर्भायर ट्यांक, सम्पवेल, रेडियल कलेक्टर लगायतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने मुख्य पाइप लाइन निर्माण गर्न बाँकी छ। यसैगरी मुख्य कार्यालय भवन र गार्ड भवन निर्माण गर्न बाँकी रहेका कार्यालय प्रमुख डोटेलले जानकारी दिए। बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्तिको समस्या बढिरहेको अवस्थामा पर्वत बेनीमा सञ्चालित उक्त आयोजना मार्फत् कालीगण्डकी नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्य अनुरुप आयोजना सुरु गरिएको हो।

खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय पर्वतका इन्जिनियर विधान अर्यालले विद्युतको सहायताले चल्ने सम्पवयल प्रविधिको पम्पबाट कालीगण्डकी किनारबाट पानी तानेर बस्ती माथि रहने ट्यांकीमा प्रशोधन गरी वितरण गरिने छ। कालीगण्डकी नदीको किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १ सय ५० मिटर माथि रहने ट्यांकीमा पु¥याइने पानी चार चरणमा प्रसोधन गरी वितरण गरिने भएको छ।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको तीस प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण हुने आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करिब एक हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए।

रेग्मीका अनुसार पहिलो चरणमा उपभोक्ताबाट पन्ध्र हजार रुपैयाँका दरले नगद संकलन गरिएको थियो। प्रत्येक घरमा मिटर जडित निजी धारा मार्फत् खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना वि.स २०७६ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रति सेकेन्ड १२ लिटर पानी तान्ने क्षमताको पम्प जडान गरिने जनाइएको छ। आयोजनाको पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी चन्द्र बसन्त ए.एम जेभीले सबै जसो काम तीव्र गतिमा सुरु गरेको जनाएको छ। मुहानमा इनार र पम्पिङ हाउस निर्माण भइसकेको छ। मुहानदेखि टं्याकी सम्मको उचाई १ सय ५० मिटर र दुरी ७ सय ५० मिटर रहनेछ। आयोजना निर्माणका लागि १२ करोड ४३ लाख ७८ हजार ४ सय ८७ रुपैयाँ लागत अनुमान गरिएको उपभोक्ता संस्थाका कोषाध्यक्ष डिलबहादुर बरुवालले बताए।

तीव्र रुपमा बस्ती विकास हँुदै गएको पर्वत बेनीमा हाल खानेपानीको हाहाकार छ। बस्ती माथि रहेको मुहानबाट व्यक्तिगत लगानीमा पाइप जडान गरेर घरघरमा पानी ल्याएर उपभोग गर्दै आएका छन्। सीमित मात्रामा रहेको पानीको स्रोतले नपुगेपछि स्थानीयबासीलाई समस्या भएको हो। उक्त आयोजना अन्तर्गत मुख्य कार्यालय भवनको बुधबार प्रतिनिधि सभा सदस्य पदम गिरीले शिलान्यास गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.