पराजित भएर पनि जापान अन्तिम १६ मा : कोलम्बिया समूह विजेता

पराजित भएर पनि जापान अन्तिम १६ मा : कोलम्बिया समूह विजेता

मस्को : रुस विश्वकप अन्तर्गत समूह ‘एच’ बाट कोरिया र कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेका छन् । बिहीबार साँझ भएको खेलमा पोल्यान्डसँग १-० ले पराजित भए पनि जापान फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । कोलम्बियाले भने सेनेगललाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । 

जापान र सेनेगलको अंक र गोल भिन्नता बराबरी भए पनि जापानले फेयर प्लेका आधारमा अन्तिम १६ मा स्थान बनाएको हो। समूहगत चरणको तीन खेलमा जापानले चार तथा सेनेगलले ६ पहेलो कार्ड पाएका थिए।

दोस्रो चरणमा पुग्न बराबरी गरे मात्र पनि प्रयाप्त रहने भएकाले जापान बराबरी गर्ने मनसायले मैदान उत्रिएको थियो। जापानले रक्षात्मक खेल खेल खेल्दै पहिलो हाफ बराबरीमा सकिएको थियो। यसको विपरीत पोल्यान्ड भने जितकै लागि मैदान उत्रिएको थियो। पोल्यान्डले पहिलो हाफमा बलमा नियन्त्रण राखे पनि गोल भने गर्न सकेन।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेले। दुवै पोस्टमा लगातार आक्रमण हुँदा बाजी भने पोल्यान्डले मार्‍यो। पोल्यान्डले खेलको ५९औं मिनेटमा सुरुवाती अग्रता बनायो। पोल्यान्डले पाएको फ्रिकिकमा राफेल कुर्जावाले उपलब्ध गराएको बललाई भलीमार्फत जान बेड्नारेकले गोल गरेका थिए।

समूह ‘एच’कै अर्को खेलमा कोलम्बियाले सेनेगललाई १-० गोलले पराजित गर्‍यो। पहिलो हाफ यी टोलीले पनि बराबरी खेलेका थिए। दुवै टोलीले सुरुदेखि नै आक्रमण बुने पनि गोल भने गर्न सकेनन्। खेलको ३१ औं मिनेटमा आफ्ना स्टार खेलाडी जेम्स रोड्रिगेज घाइते भएर मैदान छाडेपछि कोलम्बिया दबाबमा परेको थियो।

दोस्रो हाफमा कोलम्बियाले सुरुवाती अग्रता बनायो। खेलको ७४औं मिनेटमा ऐरी मीनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेपछि सेनेगलले गोलका लागि लगातार विपक्षी पोस्ट्मा आक्रमण बुने पनि गोल भने गर्न सकेन।

पुरानै खेलाडीको भरमा रुस यात्रा गरेको जापानले पहिलोपटक सन् १९९८ को विश्वकप खेलेको थियो। त्यसयता जापानले नियमित विश्वकप खेल्दै आएको छ। विश्वकप फुटबलमा जापान पहिलो चरण पार गर्दै प्रिक्वार्टरफाइनल चरणमा पुगेको यो तेस्रो पटक हो। जापान सन् २००२ मा आफ्नै देशले आयोजना गरेको र सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.