मुसहर बस्तीमा मनाइन् कुञ्जनाले जन्मदिन (फाेटाे फिचर)
महोत्तरी : कलाकार कुञ्जना घिमिरे 'सुन्तली' ले आफ्नो नेतृत्वमा निर्माण गरेको मुसहर बस्तीमा पुगेर जन्मदिन मनाएकी छन्। शनिबार बिहान महोत्तरीको बर्दिवासस्थित एकीकृत नमूना मुसहर बस्तीमा पुगेर कुञ्जनाले बालबालिकालाई शैक्षिक सामग्री र मिठाइ वितरण गरेर जन्मदिन मनाएकी हुन्।
बस्तीका स्थानीयबासी तथा बालबालिकाले बस्ती बनाएर आफूहरूको जीवनमा परिवर्तन ल्याएकोमा कुञ्जनासहित उनका श्रीमानसमेत रहेका कलाकार सीताराम कट्टेल 'धुर्मुस' लाई धन्यवाद दिए।
यो बस्ती एक वर्षअघि 'धुर्मुस सुन्तली फाउन्डेसन' को नेतृत्वमा बनाइएको थियो। कहिल्यै विद्यालय नजाने मुसहर बस्तीका १२० जना बालबालिका अहिले विद्यालय जान थालेका छन्।
सीताराम र कुञ्जनाले रौतहटको एकीकृत नमूना सन्तपुर माझी बस्तीमा पनि शैक्षिक सामग्री वितरण गरेका छन्। उनीहरूले ६ महिनाअघि यो बस्ती बनाएर बाढी पीडितका लागि हस्तान्तरण गरेका थिए। यहाँका पनि ५६ जना बालबालिका अहिले स्कुल जान्छन्।
हेर्नुस् फोटोहरू