भारतले पानी नदिँदा धान खेती प्रभावित

भारतले पानी नदिँदा धान खेती प्रभावित

 वीरगन्ज : धान रोप्ने समय बित्न लाग्दा भारतले गण्डक नहरको पानी नदिएका कारण पर्सामा दुइ प्रतिशत मात्रै रोपाइ भएको छ। पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पर्सामा असार १५ बित्दासमेत रोपाइँ अत्यन्त कम मात्र भएको हो। आकाशे पानी र गण्डक नहरको भरमा पर्सा किसानहरुले धानको खेती गर्दै आएका छन्।

पर्साको धोबीनीका किसान अजय चौरसीयाले ब्याडमा धानको बीउ तयार भइसकेको भएपनि पानि नपरेका कारण रोपाईं गर्न नपाएको गुनासो गरे।

पानी नपरेपनि जसोतसो गरेर ब्याडमा बीउ राखे , बीउ पनि रोपाइका लागि तयार भइसकेको छ, २२ कठ्ठामा धान खेती गर्दै आएका चौरसीयाले भने ,‘ तर धान रोप्ने चटारो भइसक्दा पनि पानी परेकै छैन , गण्डक नहरमा पनि पानी छैन , आकाश हेरेरै दिन बिताइरहेको छु।

जिल्ला कृषि विकास कार्यालय पर्साका अनुसार , मध्य असार बित्दा समेत पर्सा जिल्लामा दुइ प्रतिशत मात्रै धानको रोपाइ भएको छ। कार्यालयका अनुसार , पर्सामा ४५ हजार चार सय हेक्टर क्षेत्रफलमा धानको खेती हुदै आएको छ।

पर्याप्त वर्षा नभएको र गण्डक नहरमा पनि पानी नआएका कारण अहिले सम्म २ प्रतिशत मात्र धानको रोपाइ हुन सकेको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधीक महेन्द्र कुशवाहाले बताए।

ब्याडमा धानको बीउ रोप्नका लागि तयार भइसकेको भएपनि सिंचाइको अभावमा किसानहरुले धान रोप्न नपाएको उनले बताए। कृषि प्राविधीक कुशवाहाका अन्ुसार , ब्याडमा धानको बीउ छरेको २५ दिनमा रोप्नका लागि तयार हुन्छ। धान रोप्न ढिला हुदा र बीउ छिप्पीदा धानको गाजको क्षमतामा कमी आउने र त्यसले धानको उत्पादनमा असर पर्ने कुशवाहाले बताए।

कुशवाहाले भने ,‘ अहिले ट्युबेल वा पम्पी सेट लगाएर किसानले धान रोप्न त सक्छन् ,तर धानलाइ पर्याप्त पानी चाहिन्छ , यदि वर्षा भएन भने रोपेको धान पनि डढेर खतम हुने डरले किसानरुहरुले धान रोपाइ नगरेका हुन्।

भारतीय पक्षले पानी नदिदा सुख्खा रहेको गण्डक नहर। तस्बिर : क्रान्ति शाह 

सिचाइंका लागि आकाशे पानीको विकल्प गण्डक नहर रहेपनि नहरमा पनि यसपाली पानी नआएका कारण किसानहरु थप मारमा परेका छन्।

भारतको भैंसालोटन , रामनगर हुदै नेपाल प्रवेश गरेको गण्डक नहरको संरचना पर्सा , बारा र रौतहट सम्म छ।

गण्डक नहरको लम्बाई भारत विहारको भैंसालोटन देखि पर्सा , बारा हुदै रौतहट सम्म ८१ किलोमिटर छ। पर्सा , बारा र रौतहटका किसानहरुका लागि सिंचाइको मुख्य श्रोत भनेकै गण्डक नहरको पानी हो।

खासगरि धान र गहु बालीमा सिंचाइ गर्नका लागि पर्सा ,बारा र रौतहटका किसानहरुले गण्डक नहरको पानी प्रयोग गर्दै आएका छन्।

सम्झौता अनुसार , भारतीय पक्षले धान बालीका लागि असार सात गते नै नेपाल तर्फको गण्डक नहरमा पानी दिनु पर्ने हो। तर असार दो श्रो साता बिति सक्दा पनि भारतीय पक्षले गण्डक नहरमा पानी छाडेको छैन।

गत वर्षको साउन अन्त्मि साता तिर आएको बाढीले भत्काएको नहरको संरचनाको मर्मत कार्य नसकिएको भन्दै भारतीय पक्षले नेपाल तर्फको गण्डक नहरमा पानी नछाडेको , वीरगन्जमा रहेको नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद साहले बताए।

सम्झौता अनुसार असार ७ गते देखि नै नहरमा पानी छाड्न आग्रह गर्दै भारतको रामनगरमा रहेको जल संशाधन विभागको कार्यालयमा आफुले एक महिना पहिले नै पत्र लेखेर पठाइ सकेको साहले जानकारी दिए।

यसका अतिरिक्त भारतको रामनगरमा रहेको जल संशाधन विभागको कार्यालय प्रमुख शैलेन्द्र प्रसादसंग पनि आफुले दुइ पटक फोन गरेर कुरा पनि गरेको भन्दै साहले भने ,‘ तर भारत तिरको नहरमा बाढिले क्षति पुरयाएको स्थानमा मर्मत कार्य नसकिएको भन्दै भारतीय पक्षले नेपाल तर्फको नहरमा पानी नछाडेको हो।

मर्मत कार्य सकिने बित्तिक्कै नेपाल तर्फको नहरमा पानी छाड्ने आश्वासन भारतीय पक्षले दिएको उनले जानकारी दिए।

मर्मतको काम १० दिनमा सकिन्छ भनेर भारतीय पक्षले भनेको छ , साहले भने ,‘ असार अन्तिम साता देखि नेपाल तर्फको गण्डक नहरमा पानी आउछ होला।

गत वर्षको साउनको बाढिले नेपाल तर्फको नहरमा पनि ठाँउ ठाँउमा क्षति पुरयाएको भएपनि एक महिना पहिले नै यता तिरको मर्मत कार्य सकिसकेको उनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.