हिलो खेलेर रमाए पर्यटक

हिलो खेलेर रमाए पर्यटक

पोखरा : मलेसियास्थित क्वालालाम्पुरकी २५ वर्षीय वान नि जीवनमा पहिलो पटक हिलोमा खेल्दै धान रोप्दा रोमाञ्चित बनिन्। मलेसिलाको इन्टरनेसनल मेडिकल युनिभर्सिटीकी विद्यार्थी नि र उनका साथी पोखरा पर्यटन परिषद्ले शुक्रबार पोखराको पामे फाँटमा आयोजना गरेको असारे रोपाइँ महोत्सवमा हिलोमात्र खेलेनन् नेपाली परम्परागत खेती प्रणाली, गीतसंगीतमा पनि उत्तिकै रमाए।

सो युनिभर्सिटीबाट पोखरास्थित मनिपाल कलेजमा इन्ट्रन गर्न वान निसँगै आएकी स्यु वान, विइ जीन र रि इ पनि पामे फाँटमा हिलो खेल्दै रोपाइँमा सहभागी भए। यो उनीहरुका लागि विल्कुन नयाँ अनुभव थियो। रोपाइँ महोत्सवको प्रत्यक्ष अनुभव लिने अवसर मिलेको स्यु वानले बताइन्। बेलायतकी इबी होमले पनि नेपालमा धान रोपेर पहिलो पटक छुट्टै अनुभव लिएको सुनाइन्। नर्सिङको इन्ट्रन गर्न साथीसँगै पोखरा आएकी उनले नेपाली परम्परागत रोपाइँ महोत्सवमा प्रत्यक्ष सहभागी हुन पाउँदा नयाँ अनुभव भएको बताए। गोरुको प्रयोग गरेर खेती गरेको पहिलो पटक प्रत्यक्ष देख्न पाएको उनीहरुको भनाइ छ।

कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले १४ वर्षदेखि पोखरास्थित पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ। प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले खेत हिल्याएर १५ औं रोपाइँ महोत्सवको उद्घाटन गरे। महोत्सवमा अमेरिकाको रोट्््््«ेडम युनिभर्सिटीका विद्यार्थी पनि नेपाली परम्परागत कृषि प्रणालीको अध्ययन गर्न आएका थिए। रोट्््््«ेडम युनिभर्सिटीबाट विगत वर्षमा पनि यहाँको परम्परागत खेती प्रणलीको अनुभव लिन विद्यार्थी एवं प्रोफेसर समेतको टिम आएका थिए।

जापान, सिंगापुर, चीन, जर्मन, इटाली, फ्रान्स, भारत, मलेसिया लगायत २२ भन्दा बढी देशका पर्यटक महोत्सवमा सहभागी भएको पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए। महोत्सवमा १५ हजारभन्दा बढी आन्तरिक पर्यटक समेत सहभागी भएको परिषद्का उपाध्यक्ष भरतराज पराजुलीको भनाइ छ। पछिल्लो समय पोखराका फाँट कंक्रिट जंगलमा परिणत हँुदै गएपछि असार १५ मा हिलो छुनुपर्छ भन्ने मान्यताले आन्तरिक पर्यटक पनि असारे महोत्सवमा हिलो खेल्न ओइरो लाग्ने गरेका छन्।

हलो जोत्ने, कान्ला खन्ने, आली लगाउने र धान रोपेको प्रत्यक्ष अवलोकन गर्न पर्यटक स्वयं सहभागी हुने भएकाले रोपाई महोत्सवमा दिन भर रमाइलोसँग वित्ने गरेको परिषदका अध्यक्ष शर्माले बताए। पर्यटक नेपाली पञ्चेबाजामा नाचगान, गरी रमाइलोका साथ दही च्यूरा खाएर रोपाइँ महोत्सवमा सहभागी भए। खेतालासँग छुपु छुपु धान रोपेर असारे गीतको मनोरञ्जन पनि पर्यटकले लिए। पहिलो पटक नेपाल आएकी मलेशियाकी पर्यटक रेन ईले हलो जोत्दै धान रोप्ने कामले मानव र जनावरवीचको अनौठो सम्बन्ध बारे जान्ने अवसर मिलेको बताइन। परम्परागत संस्कृतिसँगै गीत गाउँदै नाच्दै हिलोमा खेलेर धान रोप्ने परम्पार राम्रो लागेको उनले बताइन्।

रोपाइँ महोत्सवमा विदेशी र नेपालीबीच रस्साकस्सी हुने, माछा समाउने, हिलोमा दौडनेजस्ता आकर्षण एवं प्रतियोगिता पनि भएको थियो। पोखरामा हरेक मौसममा पर्यटक भिœयाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ। पोखरामा खेती योग्य जमिन मासिँदै गएकाले खेती योग्य भूमि जोगाउन पनि महोत्सवमा सचेतनामूलक कार्यक्रम गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.