युवाले चलाए दाङमा संसद

युवाले चलाए दाङमा संसद

तुलसीपुर : संसद हलको ढोकामा कडा सुरक्षा छ। सुरक्षाकर्मी र संसदका मर्यादापाक लामबद्ध छन्। हल प्रवेशका लागि आफनो परिचय र पहिचाल चाहिन्छ। सबै व्यक्ति संसद हलमा जान पाउँदैनन्। संसदहल भित्र तोकिए अनुसारको आफनो स्थानमा बस्नुपर्छ। तोकेको स्थान भन्दा फरक स्थानमा बसे तत्काल मर्यादापालकले नियममा ल्याउन अग्रसर हुन्छन्।  

अगाडी मञ्चमा सभामुख छन्। मञ्चको अघिल्लो बायाँ रोमा सरकारका प्रधानमन्त्री र मन्त्रिहरु छन्। बायाँ तिर पछिल्लो रोमा सत्ता पक्षका सांसद, दायाँ तिर प्रतिपक्ष सांसद, त्यसपछि पत्रकार, विशिष्ठ ब्यक्तिहरु क्रमश संसदमा छन्। 

संसदमा राष्ट्रपतिले आगामी वर्षको लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। संसद त्यसलाई सुनिरहेका छन्। यसलाई हेर्दा लाग्थ्यो साच्चीकै संसद चलिरहेको छ। तर, यो दृष्य हो, दाङको दंगीशरण गाउँपालिकामा युवाले सञ्चालन गरेको नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रमको। 

युवाहरुले राजनीतिक नेतृत्वलाई युवाका मुद्दा प्रति सचेत गराउन र युवालाई संसदीय अभ्यासमा लैजान युवा संसद सञ्चालन गरिएको राष्ट्रिय युवा परिषद दाङका अध्यक्ष सुरेश कुमार रावतले जानकारी दिए। उनले राष्ट्रिय युवा परिषदको आयोजनामा देशभरिका १४ वटा स्थानीय तहमा युवा संसद सञ्चालन गर्ने नीति अनुसार दाङको दंगीशरण गाउँपालिकामा संसद सञ्चालन गरिएको बताए। 

उनले गाउँपालिकाका प्रत्येक वडाबाट २ जना, राजनीतिक दलबाट एकएक जना र गाउँपालिकाका चार जना गरेर २५ जना सासंद निर्वाचित गरेर तीन दिनसम्म उनीहरुलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिइ संसद सञ्चालन गरिएको बताए। 
युवाले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास कार्यक्रममा प्रदेश सासंद, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, सदस्य प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो। 

युवाले संसद भित्रको महत्व सिकाएको भन्दै अब गाउँपालिकामा सञ्चालनहुने गाउँ सभामा पनि त्यो सिको आत्मासाथ गरिने दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले बताए।

‘हामी हाम्रो सभामा त्यति जिम्मेवार भएको म देख्दिन’, उनले भने, ‘युवा सांसदले त्यो जिम्मेवारी गर्न सिकाए। तीन दिनसम्म युवा सांसद संगै रहेका चौधरीले संसद भित्र सभ्यता, जिम्मेवारी बोध, प्रक्रियाको बारेमा स्पष्ट पारिदिएको बताए।  

संसदको भूमिकामा रहेका युवाले संसदीय अभ्यासमार्फत युवाका मुद्दालाई स्थानीय तहबाट स्थापित गर्ने दबाब दिएको बताएका छन्। आफनो आफनो जिम्मेवारी बहन गरेर संसद चलायौँ सभामुखको जिम्मेवारी बहन गरेका युवा पारस खडकाले भने, जिम्मेवारी तोकिएमा छुट्टै मनोविज्ञान आउँदो रहेछ। यो अवस्थामा नेतृत्व विकास गर्ने समेत अवसर पाएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.