साना उद्योगको अनुदान ठूला व्यापारीलाई

साना उद्योगको अनुदान ठूला व्यापारीलाई

बेनी : घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले साना उद्यमीलाई वितरण गर्नुपर्ने अनुदान ठूला व्यापारीलाई दिएको छ। चालू आर्थिक वर्ष समितिले उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रममार्फत साना उद्यमीलाई दिनुपर्ने ९२ हजार रुपैयाँको अनुदान नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद  श्रेष्ठ, उनका बुवा खड्कलाल  श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का सदस्य कुविरकुमार श्रेष्ठसहित २४ जना ठूला उद्यमीलाई दिएको छ।

समितिले सार्वजनिक सूचना जारी गर्दै साना उद्यमीलाई निवेदन पेस गर्न आह्वान गरे बमोजिम आइतबार बसेको छनोट समितिले ४० उद्यमीबाट २४ जना छनोट गरेको जनाएको छ। प्रमोदको नाममा बेनीमा न्यु श्रेष्ठ फर्निचर उद्योग र उनका बुवा खड्कलालको नाममा    श्रेष्ठ सःमिल तथा फर्निचर उद्योग र कुविरको नाममा गणेश फर्निचर उद्योग छ।

म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहिसकेका प्रमोद देशकै प्रतिष्ठित व्यापारी हुन्। उनले फर्निचरसँगै जलविद्युत्मा लगानी गरेका छन्।   श्रेष्ठ परिवारका दुवै फर्मले मल्टिपर्पोज थिकनेस प्लेनर मेसिन, थ्री हर्सपावरको क्रमटन र थ्रिफेज मोटर खरिद गर्न अनुदान पाएका हुन्। साना उद्यमीलाई भनेर आएको अनुदान ठूला व्यापारी, त्यसमाथि एकै घरका बाबु–छोराका नाममा रहेको फर्मलाई दिइनु न्यायोचित र पारदर्शी नभएको धौलागिरि व्यावसायिक बाख्रापालन फर्मका सञ्चालक कृष्ण रिजालले बताए। ‘विभिन्न वहाना बनाएर साना उद्यमीलाई आएका अनुदान ठूलाले नै लगेका छन्, यसमा चौतर्फी मिलेमतो छ’, उनले भने, ‘एकै घरका बाबु–छोराले अनुदान पाउने, साना उद्यमीले नपाउने ? ’

उनले जिल्लामा दर्ता भई जिल्ला बाहिर कारोबार गरिरहेका फर्म, सञ्चालनमा नरहेका फर्म र तीन वर्षदेखि निरन्तर अनुदान पाइरहेका फर्मले फेरि सहयोग पाएको भन्दै त्यसको निश्पक्ष छानबिन हुनुपर्ने मागसहित जिल्ला प्रशासन र घरेलुमा उजुरी दिएका छन्। वरदान पशुपंक्षी फर्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले सञ्चालनमै नभएका फर्मलाई बिनाअनुगमन अनुदानको सिफारिस गर्दा दुरुपयोगको आशंका बढेको बताए। ‘बेनी नगरपालिका ६ मा रहेको भुवन भंैसी फर्म अहिले घरायसी कारणले सञ्चालनमा छैन। तर, उसले अनुदान पाउने भनेर निर्णय भएको छ’, उनले भने, ‘निर्णय प्रक्रियामा को चाहिँ वास्तविक उद्यमी भन्नुभन्दा पनि कसले बढी कसिमन दिन्छ भन्ने हेतुबाट प्रेरित भएको छ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीका अध्यक्ष लीलाराम गौतमले साना उद्यमीका अनुदान ठूला व्यापारीले पाउनु वैज्ञानिक नहुने बताए। ‘वास्तविक साना उद्यमीहरूले पाउनुपर्ने अनुदान बद्नियतका साथ अरुलाई नै दिइएको छ अब यसलाई सच्याउनु जरुरी छ’, उनले भने, ‘त्यसको विकल्प भनेको सबै निवेदन दिएका उद्यमीलाई बराबर बाँड्नु हो।’

साना उद्यमीका लागि आएको अनुदान ठूला व्यापारी, त्यसमा पनि एकै घरका बाबु र छोराका नाममा रहेको फर्मलाई दिइएको छ।

घरेलु कार्यालयका प्रमुख शंकरराज झा संयोजक रहेको छनोट समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द्र बेलबासे, जिससका गोविन्द सुनुवार, लेखापाल निलबहादुर भण्डारी र कार्यालयका मुखिया पूर्णप्रसाद दाहाल छन्। समितिले छनोट गरेपछि कार्यान्वयन समितिले पारित गर्नुपर्ने हुन्छ। कार्यान्वयन समितिमा यी सदस्यका अतिरिक्त जिल्ला प्रशासन, उद्योग वाणिज्य संघका प्रतिनिधि रहने व्यवस्था छ।

कार्यालय प्रमुख झाले निर्देशिकाको खोजी, असार मसान्तमा कामको चाप र कार्यालयको लेखा शाखाबाट सहयोग नपाउँदा त्रुटि भएको बताए। ‘अनुगमन गरेर मात्रै निर्णय गर्नुपर्ने हो। तर, कहिले निर्देशिकाको अभाव, बजेट कति छ भनेर लेखाबाट स्पष्ट कुरा नआउँदा र असार महिनाले फिल्डमा जान सकेनन्, तर छनोट गर्दा अनुगमन नै गनुपर्छ भनेर भनिएको छैन’, उनले भने, ‘जहाँसम्म बाबु–छोराले अनुदान पाएको भन्ने छ, त्यसमा कागजपत्र बलियो देखिएपछि सम्बन्धकै कारणले नपाउने भन्ने कहिकतै उल्लेख छैन।’

कार्यालयका सूचना अधिकारी इन्द्रमणि पौडेलले चालू आवको कार्यक्रमका छनोट परेका उद्यमीलाई प्रतिउद्यमी ९२ हजार रुपैयाँका दरले अनुदान दिइने उनले जानकारी दिए।

यी हुन‍् अनुदान पाउनेहरु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.