लुम्बिनी बाद्ध परिपथ तयार

लुम्बिनी बाद्ध परिपथ तयार

बुटवल : पर्यटन प्रवद्र्धनका लागि बृहत्तर बौद्ध परिपथको खाका तयार भएको छ। एउटा मुख्य र आठ वटा सहायक परिपथसहित बौद्ध परिपथ तयार भएको हो।

यी परिपथमा बौद्ध धर्मका तीन मुख्य सम्प्रदायका धामार्वलम्बी पुग्ने अपेक्षा गरिएको छ। मुख्य परिपथमा लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम छन्। यी चार क्षेत्रलाई जोडेर अन्य आठ सहायक पथ निर्माण गरिएको हो। यी परिपथ निर्माणपछि लुम्बिनीमा जम्मा ४५ मिनेट बिताउने पर्यटकले कम्तीमा एक साता बिताउने अपेक्षा गरिएको छ।

बौद्ध परिपथ लुम्बिनीदेखि कोरलासम्म जोडिएको छ। आठ जना विज्ञ टोलीले एक वर्ष लगाएर बनाएको उक्त दस्ताबेजअनुसार परिपथ निर्माण भए लुम्बिनी आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनेछ। दस्ताबेजको अन्तिम टुंगो लगाउन भने बाँकी नै छ।

बुद्धजन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको स्थान कपिलवस्तुको तिलौराकोट, मावली देवदह र अस्तुधातु रहेको नवलपरासीको रामग्रामसँगै अन्य क्षेत्र जोडिएका छन्। नेपालका बौद्ध सम्बन्धित स्थलसहित छिमेकी नाकासम्मको परिपथ तयार गरिएको हो। बौद्ध सांस्कृतिक क्षेत्रमा भएका काम, सम्भावना र महŒवपूर्ण क्षेत्रलाई समेटेर बौद्ध परिपथ र सहायकपथ निर्माण गरिएको पर्यटनविद् रामचन्द्र सेढाईंले बताए। ‘थेरवादीहरू लुम्बिनी–काठमाडौं बढी पुग्छन्, महायानी र बज्रयानीहरू लुम्बिनी त घुम्छन नै। यहाँबाट पद्यसम्भवसम्मको स्थानमा पुग्छन्, उनले भने। लुम्बिनी–काठमाडौं, लुम्बिनी–हलेसी, लुम्बिनी–मुस्ताङ, लुम्बिनी–कालीगण्डकी, लुम्बिनी–काक्रेविहार क्षेत्रहरू सहायक रुट हुन्।

यी रुटमा बौद्ध सम्प्रदायअन्तर्गतका विदेशी पर्यटक भिœयाउने लक्ष्य राखिएको छ। श्रीलंका, बर्मा, कम्बोडिया, थाइल्यान्डजस्ता देशका पर्यटक र चीनलगायत देशका पर्यटकलाई फरक रुट कायम गरिएको छ। बृहत्तर लुम्बिनी बौद्ध परिपथमा लुम्बिनी, तिलौराकोट, सैनामैना, तानसेन, बुटवल, देवदह र रामग्रामलाई समेटिएको सेढाईंले बताए।

लुम्बिनी क्षेत्रका तीन जिल्लाबाहेक सुर्खेतको काक्रेविहार, दैलेख, कैलाश मानसरोवरसम्म ओम माने पद्मे हुम मार्ग बनाउने योजना छ। लुम्बिनी हुँदै तानसेन, कालीगण्डकी करिडोर, पोखरा, कागबेनी, मुक्तिनाथ, लोमान्थाङ, दामोदर र चिनियाँ सीमा नाका कोरला, काठमाडौं, हलेसी, कञ्चनजंघालगायत हिमाली क्षेत्रका विभिन्न ऐतिहासिक, पुरातातात्विक स्थल, बुद्ध विहार गुम्बालाई समेटिएको छ।


नेपालका बौद्ध सम्बन्धित स्थलसहित छिमेकी नाकासम्मको परिपथ तयार गरिएको हो।

लुम्बिनीसहित बुद्धसँग जोडिएका बौद्धस्थल विकासमा प्रदेश सरकारले चासो दिएको छ। यो परिपथ भने संघीय मन्त्रालयको कार्य योजनामा छ। प्रदेश सरकारले बौद्ध परिपथमा मोनोरेल निर्माण गर्ने योजना बनाएको छ।

गौतम बुद्ध र अन्य बुद्ध जन्मिएका क्षेत्र, बुद्धले बिताएका ठाउँ, विपश्यना गरेका स्थान परिपथमा समावेश छन्। बुद्ध धर्मको प्रवद्र्धनमा सहयोग पु¥याउने अशोक सम्राट र चिनियाँ यात्री ह्वान साङग हिँडेको मार्गसमेत परिपथमा छन्। विभिन्न देशका बौद्ध विद्धान् र भिक्षु हिँडेका पथ, बौद्धसम्बन्धी पुराताŒिवक तथा ऐतिहासिक सम्पदा, गुम्बा, विहार समेतलाई रुटमा राखिएको विज्ञ समूहका सदस्य डा. मिलन शाक्यले बताए।

‘यो परिपथले लुम्बिनी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन ठूलो मद्दत मिल्छ’, उनले भने। बौद्ध परिपथ प्रवद्र्धनको काम पर्यटन तथा संस्कृति मन्त्रालयले गर्नेछ। तत्कालका लागि भने लुम्बिनीमा पथ प्रदर्शक (टुर गाइड) समेत छैनन्। विकास कोष र केही स्थानीयले मात्रै पथ पदर्शकको तालिम लिएका छन्। लुम्बिनी आउने अधिकांश धार्मिक पर्यटक भारत हुँदै नेपाल प्रवेश गर्ने गरेकाले ती पर्यटकलाई भारतीय गाइडले नै नेपाल ल्याउने र लैजाने गर्दै आएका छन्। बौद्ध परिपथ निर्माणपछि रुटअनुसार पर्यटक भित्रिने र त्यसबाट मुलुकले ठूलो लाभ लिन सक्ने अपेक्षा छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बुद्धको जन्मस्थल लुम्बिनीसँगै कपिलवस्तु, देवदह र रामग्राम विकासका लागि यो दस्तावेज गाइडलाइन हुने बताए।

बौद्धस्थल नवलपरासीको रामग्रामस्थित अस्तुधातु रहेको माटोको ढिस्को।

रामग्राममा सेल्फी खिच्दै युवा। लक्ष्मण पोखरेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.