डुबानमा नेपालगञ्‍ज, बाढीमा एक बेपत्ता (फोटो फिचर )

डुबानमा नेपालगञ्‍ज, बाढीमा एक बेपत्ता (फोटो फिचर )

नेपालगञ्‍ज  : बाँकेको वैजनाथ गाउँपालिका-३ मा जेठीनालाको बाढीले बगाएर एकजना बेपत्ता भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाले खोलामा बाढी आएपछि तर्ने क्रममा अन्दाजी ७० वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।बाँके प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले बेपत्ता व्यक्तिको खोजी भइरहेको  बताएका छन्। 

बाढीले नेपालगञ्‍ज उपमहानगरपालिकाको न्यूरोडस्थित सेतु विक चोक र घरवासी टोल क्षेत्र  डुबानमा परेका छन्। नेपालगन्जमा बाटो र नालाको काम जारी रहेकै बेला पानी निकास हुन नपाएर डुबान भएको हो।

स्थानीयले यस क्षेत्रमा बाढी आएपछि सामाजिक सञ्जालमा यस क्षेत्रमा आउँदा डुंगा लिएर आउनुस् भनेर व्यङ्ग्य गरेका छन्। नेपाल उद्योग वाणिज्य संघका सदस्य कृष्णप्रसाद श्रेष्ठ फेसबुकमा सूचना स्टाटस् लेख्छन्, 'कृपया न्यूरोड, बसपार्क, बेलासपुर, घरबारी टोललगायतका बाटो हिड्नु परेमा डुंगा लिएर आउनुहोला।'

स्टाटसमा कमेन्ट गर्नेहरुले प्रधानमन्त्री केपी ओलीको पानीजहाज सपना  र नगरप्रमुख डा.धवल शम्शेर राणालाई 'जलयात्रा शयर गर्न ' भन्दै व्यङ्ग्य गरेका छन्। त्यसैगरी धनौली क्षेत्रमा रहेको पीडारी नाला बढेका कारण स्थानीयलाई आवात जावतमा समस्या परेको प्रहरीले जनाएको छ। 'राप्ती नदी क्षेत्रको अवस्था भने सामान्य नै छ', एसपी तामाङले भने, ' जल तथा मौसम विज्ञान विभागको नेपालगन्ज राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार आइतबार बिहानैदेखि सिमसिमे पानी र मोमबार बिहान १ बजेदेखि ६ बजेसम्म भारी वर्षा 'ह्याभी रेन' हुने बताएको छ। 

कार्यालयको मापनमा बाँकेमा देशभरकै सबैभन्दा बढी १ सय ९१ मिलिमिटर पानी परेको छ। कार्यालयका निमित्त प्रमुख पलबहादुर विकले भने, 'यो वर्षकै सबैभन्दा उच्च वर्षा हो।अझै पानी  पर्ने सम्भावना छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.