महोत्तरीका ४० गाउँ डुबानको खतरामा

महोत्तरीका ४० गाउँ डुबानको खतरामा

बर्दिबास : महोत्तरीको ४० गाउँ बाढीको डुबानमा पर्ने खतरा बढेको छ।दुई दिनदेखि लगातारको अभिरल वर्षाले खोलामा बाढीको सतह बढ्दै गएको छ। रातु, भब्सी, मडहालगायतका खोला क्षेत्रमा बाढीको सतह बढ्दैं गएपछि स्थानीय त्रसित भएका छन्।जिल्ला विपद् व्यवस्थापन समितिले महोत्तरीको पाँच स्थानीय निकाय बाढीबाट डुबानमा पर्ने उच्च जोखिमा सूचीकृत गरिएको छ।

खोलासँग जोडिएको बर्दिबास, भंगहा, लोहारपट्टी, बलबा र जलेश्वर नगरपालिकाका चालिस गाउँ बाढीको जोखिममा छ। महोत्तरीको सदरमुकाम जलेश्वर बाढीबाट डुबानमा पर्दै आएको छ। जलेश्वर क्षेत्रको सुगा मटिहानी, पर्सा, पिपरा, सौहोडवा, बनौली दनौली, धिरापुर, एकरैया, मझौराविष्णपुर, बखरी अनकार, लोहारपट्टी, बथनाहालगायत विशेष गरेर महोत्तरीको दक्षिणी क्षेत्रका गाउँ डुबानमा पर्ने खतरा रहेको नेपाल रेडक्रस सोसाइटी जलेश्वरका सभापति दिपक मिश्रले जनाए।

'लागातार पानी परिरहेको छ। बाढीको सतह बढ्ने सम्भाव ठूलो छ,' सभापति मिश्रले भने, 'नदी क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न समयमै ध्यान दिनुपर्छ।'बर्दिबासमा ६ सय घरधुरी पहिरो र बाढीबाट प्रभावित हुने खतरा रहेको नगर प्रमुख विदुर कुमार कार्कीले जनाए। महिहानी नगरपालिकाका मेयर हरिप्रासद मण्डलका अनुसार बिगही नदीले मटिहानी नगरपालिकाको सिमरदही, धिरापुर, मठिहानी डुबान पर्ने खतरा छ।

बाढीको उच्च जोखिममा रहेको महोत्तरीमा उद्धार समाग्रीको अभाव रहेको छ।लाइफ ज्याकेट, डोरी, ट्युबलगायतका समान्य समाग्री नरहेको शसस्त्र प्रहरी छिन्न मस्ता गण बर्दिबासका गणप्रति कुमार न्यौपानेले बताए।

बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले उद्धार समाग्र खरिद निर्णय गरिएको जनाए। महोत्तरीका बढी डुबान क्षेत्र भएकोले जिल्ला प्रशासन कार्यालय महोत्तरीले गृह मन्त्रालयसँग महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहमा एक एक वटा डुंगा उपलब्ध गराउन माग गरिएको छ। 

तर, अहिलेसम्म गृह मन्त्रालयले पठाएको छैन।प्रकृति प्रकोप गएको बेला मात्र सरकार गम्भिर बन्ने गर्छ।चुरे संरक्षण नहुँदा बर्षेनी बाढी र पहिरो जोखिम बढेको छ।गाउँ डुवानमा पर्छन्।तर, विपद् टरेपछी पूर्व तयारी गर्ने परिपाटी नरहेकोले बर्षेनी दुःख भोग्नु परेको हात्तिलेटका गुञ्जबहादुर सुसलिंगले बताए। 

'बाढीको बेला सरकार उद्धार र राहतमा तात्छ पछी सेलाउछ,' बर्दिबासका चन्द्र भण्डारीले भने, 'त्यसैले हामीले जोखिम मोल्नु परेको छ।'जिल्ला प्रशासन कार्यालय महोत्तरीका विपद् व्यवस्थापन समितिका फोकल प्रसन शम्भू यादवका अनुसार जिल्लाका सबै स्थानीय तहमा 'क्वीक रिसपोन्स' टिम गठन गरिएको बताए। ‘औषधी, उद्धार समाग्री, त्रिपाल, राहत समाग्री व्यवस्थान छ,'उनले भने।गत सालको बाढीले महोत्तरीका ९ जनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.