सुशीला कार्की भन्छिन्ः सरकारले नटेरे ३० हजार ज्यान गुमाउन  तयार छन्

सुशीला कार्की भन्छिन्ः सरकारले नटेरे ३० हजार ज्यान गुमाउन  तयार छन्

काठमाडौंः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केपी ओली नेतृत्वको वर्तमान सरकार शोषक र समान्ती बन्दै गएको अरोप लगाएकी छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाको जानकारी दिन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएकी हुन् ।

‘गोविन्द केसीले आफ्नो स्वार्थको लागि आन्दोलन र अनसन बसेका होइनन् । उनको लडाइँ गरिबको स्वास्थ्य उपचारका लागि हो’, उनले भनिन्, ‘दुरदराजमा अस्पताल बनोस्, स्वास्थ्य सेवा सहज होस् भन्ने उहाँको उद्धेश्य हो । उनले राज्यको विद्रोह गरेका छैनन्, उनको माग नजायज होइन ।’

कार्कीले १४ पटकको अनसनबाट आाएको चिकित्सा शिक्षा विधेयक मेट्न वर्तमान सरकार शोषक र सामान्तीको लाइनमा गएको आरोप पनि लगाइन् ।  हिजो लोकतन्त्रका लागि लड्ने दलको सरकारले निषेधाज्ञा लागू गर्ने र बोल्न नपाइने कुरा गर्नु पञ्चायती व्यवस्थाकै व्यवहार गर्नु दुःखद भएको पनि बताइन् ।  

१५ हजारको बलिदानपछि अहिले लोकतन्त्र स्थापना भएको संविधानले नै शान्तिपूर्ण भेला हुन पाइने र आफ्ना विचार व्यक्त गर्न पाइने व्यवस्था गरेको उल्लेख गदै पूर्वप्रधानन्यायधीश कार्कीले भनिन् ‘न्याय हुँदा सडकमा आएर हो बोल्ने र विरोध गर्ने हिजो आजका सरकार चलाउने पनि त्यही गरेका हुन्, तर अहिले बोल्न र विरोध गर्न निषेध लगाउन खोजिएको छ ।’

‘माथेमा प्रतिवेदन लागू गर’ भन्ने केसीको माग सरकारले सम्वोधन नगरेको बरु त्यो प्रतिवेदन भारतले लागू गर्न तयार देखिएको बताइन्  । ‘सरकार कुरा राम्रो गर्दैछ तर व्यवहार चाहिँ सामान्ती देखियो त्यो राम्रो होइन’, उनले भनिन् ।

सरकार ठूलाबडालाई पोस्ने र तस्कारको नाइकेलाई संरक्षण गर्र्दै गए, अब ३० हजार जनाले ज्यान गुमाउन तयार हुने उनले बताइन्  । ‘हिजोको परिर्वतनका लागि लड्नेबाट गरिबले अहिले पनि केही पाउन सकेनन्, यो दुःखको कुरा हो ।  काग कराउने, पिना सुक्ने कुरा मात्रै भयो’, उनले भनिन् ।  
 
राष्ट्रको विकास गर्ने नेताले सबैभन्दा तल्लो तहको नेताको बारेमा सोच्न पनि उनले आग्रह गरिन् । ‘विकासको नाममा नाटक गरेर हुँदैन । रेल, पानी जहाजसम्मका कुरा मिडियामा मात्रै आएका छन् । तर, जनताले लाखौ खर्च गर्दा पनि उपचार नपाएर मरिरहेका छन्’,  उनले भनिन् ।

गंगामाया अनसनमै मरेमा राज्य दोषी

आफ्नो छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै न्यायका लागि लडिरहेकी गंगामाया अधिकारीको अनसनमै मृत्यु भएमा राज्य दोषी हुने कार्कीले बताइन् । 

‘गंगा मायाको नाम लिँदा पनि म राति झस्कन्छु । श्रीमानको अनशनमै ज्यान गयो, छोरा पनि मारिए । एउटा छोरा वेपत्ता छन् । उनलाई घाँटी थिचेर सरकारले मार्नै खोज्दैछ’, उनले भनिन्, ‘राज्य मात्रै होइन, हामी सबैले मार्दैछौँ । उनी मरिन् भने नेपालको इतिहासमा कलंक हुन्छ ।’ 

तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई श्रीमतीको बारेमा अनेक अफवाह फैलाएर मर्न बाध्य बनाए जस्तै काम अहिले पनि भइरहेको उनले बताइन् । ‘भीमसेन थापालाई जसरी मर्न बाध्य पारियो । गंगामायासँग अवस्था पनि उस्तै छ’, उनले भनिन्, ‘यो व्यवस्था के व्यवस्था हो ? उनले प्रश्न गरिन्, ‘ ‘गंगामाया न्यायकी देवी हुन् । उनीमाथि ठूलै अन्याय भएको छ । नेताहरुले उनीसँग माफ माग्नुपर्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.