नेपाल–चीन संयुक्त सैन्य अभ्यास अगस्टमा

नेपाल–चीन संयुक्त सैन्य अभ्यास अगस्टमा

काठमाडौं : नेपाली सेना र चिनियाँँ जनमुक्ति सेनाबीच हुने तय भएको दोस्रो चरणको संयुक्त सैन्य अभ्यास हुन नसकिरहेका बेला प्रधानसेनापति राजेन्द्र क्षत्री मंगलबार चीन प्रस्थान गरेका छन्।

चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणमा प्रधानसेनापति क्षत्री म्यान्मार हुँदै चीन प्रस्थान गरेका हुन्। म्यानमारमा ४ दिनको बसाइपछि प्रधानसेनापति क्षत्री असार २४ गते उतैबाट चीनको बेइजिङ जानेछन्। म्यान्मारमा रहँदा प्रधानसेनापति क्षत्रीले त्यहाँका राष्ट्रपति, प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, सेना प्रमुख र प्रवासी नेपालीसँग भेट गर्ने छन्।

म्यान्मारको भ्रमणपछि प्रधानसेनापति क्षत्री बेइजिङ जानेछन्। बेइजिङ बसाइका क्रममा प्रधानसेनापति क्षत्रीले चिनियाँ रक्षामन्त्री, सेनाध्यक्षलगायत उच्च अधिकारीसँग द्विपक्षीय छलफल गर्नेछन्। सोही क्रममा नेपाल र चिनियाँ जनमुक्ति सेनाबीच हुने भनिएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करणका मिति टुंगो लाग्ने छ।

दुवै पक्षले अगस्ट महिनामा सैन्य अभ्यासको तयारी गरिरहेको स्रोतले बताएको छ। ‘अगस्टको सैन्य अभ्यासको तयारी गरेका छांै’, एक सैनिक उच्च अधिकारीले अन्नपूर्णसँग भने, प्रधानसेनापतिको भ्रमणका क्रममा सैन्य अभ्यासको मिति र स्थान तय हुनेछ।’

ती सैन्य अधिकारीका अनुसार पहिलो संस्करण नेपालमा भएकाले यस पटकको संयुक्त सैन्य अभ्यास चीनमा हुनेछ। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण दुवै पक्षले सैन्य अभ्यासको तयारी केही पछि धकेलेका थिए। ‘सगरमाथा फ्रेन्डसिप नाम दिइएको संयुक्त सैन्य अभ्यासको पहिलो संस्करण गत वर्ष नेपालमा भएको थियो।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले दुई मुलुकका सैनिकबीच हुने भनिएको संयुक्त सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘प्रधानसेनापतिको भ्रमणसँगै चिनियाँ र नेपाली सेनाबीच हुने संयुक्त सैन्य अभ्यासको मिति टुंगिन सक्छ’, प्रवक्ता भण्डारीले अन्नपूर्णसँग भने, ‘ यस्ता प्रकारका संयुक्त सैन्य अभ्यास नियमित प्रक्रियाका हुन्छन्। नेपाली सेनाले अन्य मुलुकका सैनिकसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।’

प्रधानसेनापति क्षत्रीले त्यहाँ चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीसँग समेत भेट गर्ने कार्यक्रम छ। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौति दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए। प्रत्येक वर्ष गर्ने भनिएको चीन र नेपाली सेनाबीचको संयुक्त सैन्य अभ्यास हुन नसकिरहेका बेला भएको प्रधानसेनापतिको क्षत्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई पक्षबीच चिनियाँ जनुमक्ति सेना र नेपाली सेनाबीचको सहयोग आदनप्रदानलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो। छलफलमा चीनले नेपाली सेनालाई दिँदै आएको तालिम, भ्रमणलगायतका सहयोगलाई बढवा दिँदै निरन्तरता दिने बताइएको थियो।

मंगलबार म्यान्मार गएका प्रधानसेनापति क्षेत्रीले त्यहाँ रहँदा उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नेछन्।

म्यान्मारका सेना प्रमुख जनरल मिन आउङ हलिङको औपचारिक निमन्त्रणमा प्रधानसेनापति क्षत्री म्यान्मार गएका हुन्। म्यान्मारका सेना प्रमुख हालिङले गत मंसिर २४ देखि ४ दिने नेपालको औपचारिक भ्रमण गरेका थिए। त्यही क्रममा म्यान्मारका सेना प्रमखु हालिङले प्रधानसेनापति क्षेत्रीलाई आफ्नो मुलुक भ्रमणको निम्ता दिएका थिए। रोहिंग्यामाथि भएको हिंसालाई लिएर त्यहाँको सेनाको विश्वभर आलोचना भइरहेको छ। म्यान्मारमा अल्पसंख्यक रोहिंग्या समुदाय र त्यहाँको सेनाबीच भडकिएको हिंसापछि रखायन प्रान्तबाट लाखौंको संख्यामा रोहिंग्या मुस्लिम समुदायका व्यक्तिहरू भागेर बंगलादेश आएका छन्। त्यहीबाट लखेटिएका ३ सय भन्दा बढी रोहिंग्या मुस्लिम काठमाडौं कपनमा शिविर बनाएर बस्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.