डाक्टर केसीलाई साथ दिन कांग्रेसले तीन नेता जुम्ला पठाउने
काठमाडौँ: नेपाली कांग्रेसले प्राध्यापक डा. गोविन्द केसीको अनशनमा समर्थन जनाउन तथा उनको स्वास्थ्य अवस्था बुझ्न आफ्ना तीन नेतालाई जुम्ला पठाउने निर्णय गरेको छ ।
चिकित्सा शिक्षाका लागि यसअघि भएका सम्झौता कार्यान्वय तथा सरकारको निषेधाज्ञाबारे आपत्ति जनाउँदै जुम्ला सदरमुकाममा अनशनरत केसीलाई भेट्न तीनजना नेता पठाउन लागिएको कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
सचेतक खाँणले जुम्ला जाने सांसद तथा नेताहरुको नाम बुधबारै दिउँस तय गरिने जानकारी दिए । कांग्रेसले वीर अस्पतालमा लामो समयदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य बुझ्न सांसदको तीन सदस्यीय टोली पठाउने पनि निर्णय गरेको छ।