हिमपातपछि सेतो घुम्टोमा राराकी अप्सरा

मुगु : लामो समयदेखि हिमपात नभएर हिमालहरू काला र नाङ्गा देखिएका थिए । हेर्दा उराठ लाग्थ्यो। बिहीबार बिहानबाट जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि काला हिमालहरू सेताम्मे देखिएका छन्। सरदरमुका असापासका क्षेत्रमा सामान्य वर्षा भएको छ।
योभन्दा अगाडि दुईपटक हिमपात भएको थियो। । तर, बाक्लो हिमपात हुन सकेको थिएन । बिहीबार बिहानदेखि रारा क्षेत्रमा ६ इन्च भन्दा माथि हिमपात भएको छ। बिहीबारको हिमपातले नांगा र काला हिमाल सेताम्मे देखिएका छन् भने रारा पनि सेतो घुम्टो ओढेकी अप्सराजस्तै देखिएको छ ।
बाक्लो हिमपात नभए पनि काला हिमालहरू सेता देखिएका छन्। २ हजार ९ सय ९० मिटर उचाईमा रहेको रारा ताललगायत जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।
प्रतिक्रिया दिनुहोस !
