चुरेमा सात लाख बिरुवा रोपिने

चुरेमा सात लाख बिरुवा रोपिने

तौलिहवा : उजाड बनेको कपिलवस्तुको चुरे क्षेत्रमा वृक्षारोपणका लागि ७ लाख बिरुवा उत्पादन गरिएको छ। जिल्ला वन, साझेदारी र निजी वन मिलेर बिरुवा उत्पादन गरेका हुन्। जिल्ला, सेक्टर तथा इलाका वन कार्यालयहरूका विभिन्न १४ स्थानमा बिरुवा उत्पादन गरिएको हो।

जिल्ला वन कार्यालयका अनुसार वन कार्यालय पकडी, सेक्टर वन चन्द्रौटा, सेक्टर वन जर्लैया, इलाका वन बक्डरिया, इलाका वन गुगौली, महाराजगञ्ज, इलाका वन चेत्रादेई, शिवगढी, चम्पापुर लगायतमा रहेको नर्सरीमा बिरुवा उत्पादन गरिएको छ। सहायक वन अधिकृत मदन मोहन सैन्डिल्यका अनुसार मंसिरबाटै नर्सरीमा बिरुवा उत्पादन प्रक्रिया थालिएको थियो। असार महिनासम्म बाँड्ने गरी बिरुवा उत्पादन गरिने योजना रहेको उनले बताए। उत्पादित बिरुवा ७० हेक्टर चुरे र ४० हेक्टर अतिक्रमण हटाएको क्षेत्रमा रोपिने वन कर्यालयको योजना छ।

वृक्ष सुधार तथा निजी वन कार्यक्रम राष्ट्रपति चुरे संरक्षण, जिल्ला वन पैदावार आपूर्ति तथा ५ साझेदारी वनको नर्सरीबाट बिरुवा उत्पादन गरिएका छन्। वनको पहँुचबाट टाढा रहेका समुदायलाई सार्वजनिक, पर्ती तथा निजी जग्गाहरूमा वृक्षारोपणका लागि प्रोत्साहन गर्न बिरुवा उत्पादन गरिएको वन कार्यालयका सहायक वन अधिकृत सैन्डिलयले बताए। उनले चुरे क्षेत्र विनाश भएका खाली स्थान, नदी कटान, किनार क्षेत्रमा समेत वृक्षारोपण गर्न बिरुवा बाँडिने बताए।

उत्पादित बिरुवा वृक्षारोपण भए जिल्लाको २ सय हेक्टर जग्गा हरियाली हुने कार्यालयले जनाएको छ। विशेष गरी दक्षिणी क्षेत्रमा निजी वन प्रर्वद्धनका लागि वन दशक अभियानमार्फत गत वर्षदेखि नै काम अघि बढाइएको सहायक वन अधिकृत मदन मोहन सैन्डियलले बताए। प्रतिबिरुवा ८ रूपैयाँका दरले लगानी रहेको भन्दै उनले भने, ‘बिरुवा गुणस्तरीय र उम्रने क्षमता उच्चस्तरको छ।’ वैज्ञानिक वन व्यवस्थापनका साथै समुदायमा वनको पहँुच पु¥याएका जिल्लाका ५ साझेदारी वनले समेत सर्वसाधारणका लागि अढाइ लाख बिरुवा उत्पादन थालेका छन्।

यस आर्थिक वर्षदेखि समुदायलाई निःशुल्क रूपमा वितरण गर्न तिलौराकोट, मायादेवी, गौतमबुद्ध साझेदारी वनले र शिवराज साझेदारी वनले ५० हजारका दरले बिरुवा उत्पादन गरेको छ। उपभोक्ता, निजी, ऐलानी, सार्वजनिक जग्गामा वृक्षारोपण क्षेत्र बढाउन निःशुल्क बिरुवा वितरण गर्ने तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेले बताए।

वन मन्त्रालयले निजी वनबाट उत्पादित काठ दाउरा कटान, वितरणमा सहज नीति ल्याएसँगै जिल्लामा निजी वन लगाउनेको संख्या बढेको छ।

संशोधित वन नीतिले २३ प्रजातिका काठ दाउरा कटानमा सहुलियत दिएको छ। जसका कारण निजी वन दर्ता गर्ने र बिरुवा लगाउनेहरूको संख्या गत वर्षको भन्दा बढेको वन अधिकृत कृष्णदत्त भट्टले बताए।

बिरुवा उत्पादनका क्रममा २ सय जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। गत वर्ष वितरण गरेका बिरुवाको अवस्था अध्ययन गर्न तथा यस वर्ष वितरण गरिने बिरुवाको अवस्थासमेत हेर्न कार्यालयले विशेष अभियान चलाउनेछ। निजी वनमा वितरण गरिएको बिरुवा ८० प्रतिशतसम्म जोगिने तथा अन्य क्षेत्रमा ६० प्रतिशतसम्म मात्र हुर्कने गरेका छन्। जिल्ला तथा साझेदारी वनहरूले सिसौ, मसला, सगुन, सेतो श्रीस, कदम, अमला, अर्जुनलगायत बिरुवा उत्पादन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.