नेपालमा दलाई लामाको जन्मदिन यसरी मनाइयो (फोटो फिचर)

नेपालमा दलाई लामाको जन्मदिन यसरी मनाइयो (फोटो फिचर)

तस्बिरः सुनिता डंगोल

काठमाडौं : नेपालस्थित तिब्बती समुदायले निर्वासित धार्मिक नेता दलाई लामाको ८३ औं जन्मोत्सव मनाएका छन्। ललितपुरको एकान्तकुनास्थित तिब्बती शरणार्थी शिविरमा धार्मिक नेता लामाको जन्मोत्सव मनाइएको हो।  शुक्रबार बिहान आयोजित विशेष समारोहमा नेपालस्थित विदेशी कूटनीतिज्ञको सहभागीतामा भव्य रुपमा जन्मदिन मनाइएको हो। 

जन्मोत्सव समारोहमा नेपालका लागि अमेरिका र फ्रान्सका राजदूतको उपस्थिति रहेको थियो भने नेपालस्थित स्विटजरल्यान्ड, जर्मन र बेलायती दूतावासका प्रतिनिधि उपस्थित थिए।

नेपालमा शरणार्थी मामिला हेर्दै आएको शरणार्थी सम्बन्धी उच्च आयोग यूएनएचसीआर) का प्रोटेक्सन अफिसर र यूरोपेली युनियनका प्रतिनिधिसमेत धार्मिक नेता लामाको जन्मोत्सोव मनाउन पुगेका थिए। लामाको फोटोमा लामा गुरुले मन्त्रोचारण गरेपछि कार्यक्रम शुभारम्भ भएको थियो। 

नेपाल स्थित तिब्बती समुदायले भव्य कार्यक्रम गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय ललितपुरमा अनुमतिका लागि निवेदन दिए पनि सुनुवाइ नभएपछि सामान्य कार्यक्रम गरेका थिए। चीनविरुद्ध गतिविधि नहोस् भनेर गृह मन्त्रालयले शुक्रबार बिहानैदेखि काठमाडौंको सुरक्षा व्यवस्थामा कडा पारेको थियो।

नेपालस्थित चिनियाँ दूतावास वरपरको सुरक्षा अवस्थामा मजबुत बनाएको थियो। ललितपुर जोडने बाग्मती पुल नजिकै बिहानैदेखि तिब्बतीको गतिविधि बढ्न सक्ने भएको भन्दै गाडि र मोटरसाइकलमा सवार व्यक्तिलाई समेत सोधखोज गरेका थिए। 

लामाकाे जन्मदिनको कार्यक्रममा सहभागी हुन पुगेकी अशक्त महिलालाई कार्यक्रम स्थलतर्फ लादै सशस्त्र प्रहरी। तस्बिरः शम्भु कट्टेल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.