वनस्पति उद्यानको गुरुयोजना बनाइँदै

वनस्पति उद्यानको गुरुयोजना बनाइँदै

स्याङ्जा : स्याङ्जा खिलुङदेउरालीस्थित सुन्दरचौर वनलाई वनस्पति उद्यान केन्द्रको रूपमा विकास गर्ने गरी भीरकोट नगरपालिकाले गुरुयोजना बनाउने भएको छ। भीरकोट नगरपालिका–६ सुन्दरचौरमा विसं २०५८ मा मध्यपहाडी क्षेत्रका वनस्पति अनुसन्धान केन्द्र, जैविक विविधतासम्बन्धी अध्ययन अनुुसन्धान र ग्रामीण पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले सुन्दरचौर वनस्पति सूचना केन्द्र स्थापना गरिए पनि केन्द्रले सोचेअनुरूप काम गर्न सकेको थिएन।

राज्य पुनर्संरचनासँगै भीरकोट नगरपालिकाले सो केन्द्रको उद्देश्यअनुरूप काम अघि बढाउन आउँदो आर्थिक वर्षदेखि गुरुयोजना बनाएर काम अघि बढाउने तयारी गरिरहेको भीरकोट नगरप्रमुख छायाराम खनालले जानकारी दिए। सुन्दरचौर वनस्पति केन्द्रमा रुद्राक्ष, कपुर, धुपी, अशोक, गोलमोहर, कल्कीफूल, तेजपात, लप्सी, सल्ला, लौठसल्ला जातका अर्नामेन्टललगायत अन्य उपयोगी प्रजातिका बिरुवा रोपिएका छन्।

बगैंचाको मध्य भागमा रहेको सुन्दरचौरमा स्थापित तीनतले भवनसहितको टावरबाट आँधीखोला, हरियाली डाँडाकाँडा, फाँट, धार्मिक एवं पर्यटकीयस्थल गहौंसुर र स्वरेकको महापुर, खिलुङदेउराली, मैदान, ठूली भञ्ज्याङ निकै ठूलो खोंच भएको सानो भञ्ज्याङ, दासिङ, खिलुङकालिका बटुक भैरवजस्ता स्थल प्रत्यक्ष देख्न सकिन्छ। कालिकाकोट देउरालीबाट भरेको प्याराग्लाइङिङ अवतरणस्थल र जैविक विविधता र बायोइन्जिनियरिङसम्बन्धी अवलोकन तथा अनुसन्धान गर्न सकिने उद्देश्यअनुरूप स्थापित सुन्दरचौर वनस्पति सूचना केन्द्र आवश्यकता अनुरुप गुरुयोजना बनाएर अघि बढाउने तयारी भइरहेको भीरकोटका प्रमुख खनालले बताए।

पहाडी क्षेत्रमा उपलब्ध हुने बहुमूल्य तथा शृंगारयुक्त प्रजातिका बिरुवा अनुसन्धान केन्द्रको निर्माणसँगै रोपिएका थिए। त्यतिबेला रोपिएका बिरुवाको उचित व्यवस्थापन हुन सकेको छैन। कुनै बिरुवा हुर्केर ठूला भएका छन् त कतिपय बिरुवा मासिएका छन्। रोपिएका बिरुवा मरेर केन्द्रका केही भाग खाली देखिएका छन्। उचित व्यवस्थापन र संरक्षण अभावमा केन्दको खासै महत्व बुझिएको देखिएको छैन। 

वनस्पति अनुसन्धानका लागि आउनेको संख्या पनि अत्यन्त न्यून छ। वन विज्ञान क्याम्पसमा अध्ययनरत केही विद्यार्थी कहिलेकाहीँ आउने गरे पनि आउनेमध्येका अधिकांशको उद्देश्य भने वनभोज र मनोरञ्जनमै हुने गरेको भेटिन्छ। समुन्द्र सतहदेखि एक हजार मिटर उचाइमा रहेको खिलुङदेउराली सामुदायिक वनको ६ हेक्टरमध्ये २.२ हेक्टर क्षेत्रफलमा वनस्पति अनुसन्धान केन्द्र फैलिएको छ। स्याङ्जामा पाइने अधिकांश दुर्लभ जडीबुटी र मध्य पहाडी क्षेत्रमा पाइने दुर्लभ जडीबुटी रोपण गरी वनस्पति अनुसन्धान केन्द्र निर्माण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.