विद्यालय हिँडेकी किशोरीको ढुंगाले लागेर ज्यान गयो
दार्चुला: यहाँ ढुंगा लागेर एकजना किशोरीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायप उपरीक्षक नम्राज अधिकारिले जानकारी दिए।
सोमबार बिहान विद्यालय जाने क्रममा ८ बजेतिर वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको बोहराले जानकारी दिए। मृतक भट्ट सोही वडास्थित सत्य प्रकाश मावि कक्षा ९ मा अध्ययनरत थिइन्।
घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।