साउन ३ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला हुने
काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा साउन ३ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १२ औं इक्यान शैक्षिक मेला हुने भएको छ। मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था, क्याम्पस र विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुने हुनेछन्।त्यस्तै मेलामा विदेशी कुटनीतिक नियोगको पनि सहभागिता हुने इक्यानले जानकारी गराइएको छ।
नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली,स्वदेशी तथा विदेशी शैक्षिक संस्था, विश्वविद्यालय र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाबारे जानकारी गराइने इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।
मेलामा नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली, विभिन्न शैक्षिक कार्यक्रम तथा करियरका विषयमा पनि जानकारी दिइने आयोजकले जनाएको छ। मेलाका चारै दिनमा रक्तदान तथा दन्त शिविरको पनि आयोजना गरिनेछ।
चार दिनसम्म चल्ने मेला एकलाख बढी विद्यार्थी र अभिभावककले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला विशेषगरी प्लस टु सकेर विदेश पढ्न जाने सोच बनाएका विद्यार्थीका लागि उपयोगी हुने इक्यानले जनाएको छ।