बाघदरबारमा तीन कालखण्डको प्रतिनिधित्व

बाघदरबारमा तीन कालखण्डको प्रतिनिधित्व

शर्मिला पाठक 

काठमाडौं  ः भूकम्पका कारण क्षतिग्रस्त बाघदरबारमा अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने भएको छ ।पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि बाघ दरबारको नामले चिनिने हरि भवन भत्काइने र उक्त भवनमा यस्तो ढाँचा उपयोग गरिने भएको हो । उक्त दरबारमा पाटेबाघ पालेकाले बाघदबार भनिएको हो । 

तीन भागमा निर्माण हुने सो भवनको पहिलो भागलाई तीन तला, लिच्छवीकालीन शैलीको दोस्रो भागलाई साढे ६ तला र आधुनिक शैलीको तेस्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ । ‘करिब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तलाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ’, काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नमराज ढकाल भन्छन् । 

भत्काउने काम सुरु भएको तीन महिनामा सकिने र एक अर्ब ५० करोडको लागतमा पुनःनिर्माण गरिने उनको भनाई छ । भवनको निर्माण कार्य सुरु भएको तीन वर्षमा सम्पन्न गरी प्रयोगमा ल्याइने महानगरपालिकाको योजना छ । 

गत असोजको पहिलो साता कामपाले पुनःनिर्माण प्रक्रिया अघि बढाए पनि विभागले रोक लगाएको थियो । उक्त भवनका योजनाकार इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले हरिभवन नयाँ शैलीको हुने भएकाले उक्त भवन नेपालकै नमूना भवन हुने दाबी गरे ।

परम्परागत पाटी, ढुंगेधारा, चोक आदि निर्माण हुने सो भवनमा अपांगमैत्री शौचालय, पर्याप्त लिफ्ट, विपत्तिको सामना गर्न आकस्मिक कक्षको निर्माण र आकाशे पानी संकलनजस्ता काम हुनेछन् । 

महानगरको यो भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारी अटाउने छन् भने एकै ठाउँमा प्रमुख, उपप्रमुख, इजलास, बोर्ड हल, न्यायिक समितिको कार्यकक्ष, इजलास र कार्यपालिकाको बैठक कक्ष पनि हुनेछन् ।

भवनमा विविध विशेषतायुक्त चारवटा चोक/आँगन रहने भएकोमा मुख्यचोक र प्रमुखलाई भेट्न जाँदा देखिने चोक परम्परागत नेवारी शैलीका हुनेछन् ।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.