भूकम्पपीडित भन्छन् : गुनासो सुनुवाइ भएन

भूकम्पपीडित भन्छन् : गुनासो सुनुवाइ भएन

बेसीसहर : पुनर्निर्माण प्राधिकरणमा दर्ता गराएका गुनासा सम्बोधन नहुँदा लमजुङका भूकम्पपीडित समस्यामा परेका छन् । लमजुङका ६ हजार ८ सय ५५ पीडितले गुनासो दर्ता गराएका छन् । भूकम्पले घर चर्किए पनि प्राधिकरणका प्राविधिकले स्थलगत अध्ययन गर्दा लाभग्राही सूचीमा छुटाएपछि पीडितले गुनासो दर्ता गराएका थिए । प्राधिकरणले स्थलगत रूपमा पुनः अध्ययन गर्नुपर्ने भन्दै गुनासो सम्बोधनमा ध्यान नदिएको पीडितहरूको आरोप छ ।

लाभग्राही सूचीमा नपरेको, पीडितले पाउने कुनै सेवा–सुविधा नपाएको तथा प्राधिकरणले हचुवाका आधारमा मात्रै तथ्यांक संकलन गरेको, लाभग्राही सूचीमा परेर पनि कुनै पनि सेवा तथा सुविधा नपाएको जस्ता गुनासा बढी छन् । जिल्ला समन्वय समितिका फोकल पर्सन शिव रेग्मीले दर्ता भएका गुनासो सम्बोधन हुन ढिला भएको बताए । ‘प्राधिकरणले पहिला अतिप्रभावित १४ जिल्लाको गुनासो सम्बोधन गरेपछि अन्य जिल्लाको गर्ने भनेको छ’, रेग्मीले भने, ‘साउनपछि मात्र यहाँको पालो आउला ।’ पीडित भने चर्किएको घरमा बस्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘घर भत्किएको देखिँदा देखिँदै पनि लाभग्राही सूचीमा राखिएन’, मस्र्याङ्दी–९ का सुदीप अधिकारीले भने, ‘घरै नभत्किएकाहरू धमाधम घर बनाउँदै छन् ।’ सहरबजारमा दुई÷तीन वटा घर हुनेहरूले पैसा पाएको तर वास्तविक पीडित छुटेको उनले गुनासो गरे । दोर्दी गाउँपालिका–६ छुमस्वाँराका पीडित भीमराज तामाङले पनि पुनर्निर्माणमा ढिलाइ हुँदा समस्या परेको गुनसो गरे ।

तीन हजारले लिए दोस्रो किस्ता

भूकम्प गएको ३ वर्षपछि ३ हजार १ सय ४५ भूकम्पपीडितले आवास निर्माणबापत दोस्रो किस्ता पाएका छन् । १३ हजार ९ सय ५९ घर पूर्ण लाभग्राही सूचीमा रहेकामा १३ हजार १ सय ९० घरले सम्झौता गरेका थिए । सम्झौता गरेकामध्ये १३ हजार १ सय २४ परिवारले पहिलो किस्ता रकम बुझेका छन् । जिल्ला समन्वय समिति लमजुङका फोकल पर्सन रेग्मीका अनुसार ३ हजार १ सय ४५ ले दोस्रो किस्ता पाएका छन् । यीमध्ये २ सय परिवारलाई गैरसरकारी संस्थाले रकम उपलब्ध गराएको हो ।

पहिलो किस्ता लिएका १ हजार ५ सयले घर बनाए

पहिलो किस्ता बुझेकामध्ये करिब १ हजार ५ सय नयाँ घर बनाएका छन् । यीमध्ये गैरसरकारी संस्था कोपाडेसले दूधपोखरी गाउँपालिकाको कोल्की, विचौर र दूधपोखरीमा दुई सय घर, ब्रिटिस वेलफेयरले दूधपोखरीकै सानोकाभ्रे गाउँमा ८४ घर, कोल्की गाउँमा ४५ घर निर्माण गरेको छ । यस्तै, च्वाइस नेपालले राइनास नगरपालिकाको गरमबेसी र सुन्दरबजार नगरपालिकाको चन्द्रेश्वर र दुराडाँडा गाउँमा गरी ५३ घर निर्माण गरेको छ । सम्झौता गरेर घर बनाइसके पनि तेस्रो किस्ता रकम नपाउँदा पीडित समस्यामा परेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.