पहिरोले बन्द भएको मुग्लिन-नारायणगढ सडक सुचारु
चितवन : नाराणयगढ-मुग्लिन सडकको भरतपुर महानरगपालिका–२९ को घुमाउने लगायत विभिन्न ठाउँमा पहिरो गएपछि अवरुद्ध बनेको यातायात सुचारु भएको छ। घुमाउनेमा मंगबार बिहान ५ बजेतिर गएको पहिरोका कारण दुईतर्फीरुपमा बन्द भएको बाटो मंगलबार बिहान ११ बजेबाट सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
मंगलबार राति यसै सडक खण्डका गाइघाट, तोपेखोला लगायतका ठाउँमा पहिरो गएको थियो । अहिले सबै ठाउँको पहिरो हटाएर दुईतर्फी नै यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।