पाँच बाल विवाह रोकियो

पाँच बाल विवाह रोकियो

वीरगन्ज : पर्सामा अभियन्ता र प्रहरी सक्रियतामा दुुई महिनामा पाँचवटा बाल विवाह रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल)का अनुसार वैशाख अन्तिम सातादेखि असार २५ गतेसम्म उमेर नपुग्दै गर्न लागिएका पाँच बाल विवाह रोकिएका हुन् ।

प्रहरीले अभियन्ताको सहयोगमा आइतबार मात्र वीरगन्ज महानगरपालिका वडा नम्बर १८ इनर्वा मनियारीमा बाल विवाह रोकेको छ । स्थानीय परदेशी साह कानुकी छोरी १६ वर्षीया सन्ध्या कुमारी र पर्सागढी नगरपालिका वडा नम्बर ५ जिंना हरपुरका हरिनारायण साह कानुका छोरा अजयकुमारबीच सोमबार बिहे हुने तय भएको थियो । तर, बाल विवाह र दाइजोविरुद्धको अभियानमा लागेकाहरूले सोमबार हुन लागेको विवाहबारे आइतबार प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आइतबार साँझ बालिकाका बुवालाई नियन्त्रणमा लिएपछि विवाह रोकिएको जनाइएको छ ।

‘बालिकाका बुवालाई प्रहरीले नियन्त्रणमा लिएपछि बाल विवाह रोकिएको छ’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘बालिकाका बुवालाई प्रहरी हिरासतमा राखिएको छ ।’ उनीविरुद्ध बाल विवाह उद्योगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनलाई कारबाहीबाट जोगाउन सोमबार वडा नम्बर १८ का अध्यक्ष ब्रम्हदेव पटेल, २६ का वडाध्यक्ष शम्भु मि श्रसहित कांग्रेस, राजपा, परिवार दललगायत दलका नेता प्रहरी कार्यालय पुगेका थिए । प्रहरी उपरीक्षक ढकालले भने बाल विवाह गर्नु र गराउनु अपराध भएको भन्दै मुद्दा दर्ता गरी अदालतबाट म्यादसमेत थप गराइसकेको जवाफ दिएपछि उनीहरू फर्किएका थिए ।

गत वैशाख २८ गते पनि बाल विवाह रोकिएको थियो । वीरगन्ज–१७ अलौं कोन्हिया टोलका सत्यनारायण मुखियाकी छोरी १४ वर्षीया गायत्रीकुमारीको बाराको नकटुवाका परमा मुखियासँग बिहे हुने तय भएको थियो । वैशाख २९ गते विन्दवासिनी गाउँपालिकामा १३ वर्षीय बालक र १५ वर्षीया बालिकाबीच हुँदै गरेको बिहे प्रहरी पुगेपछि रोकिएको थियो ।

अभियन्ता वृजेश्वर चौधरीले बाल विवाहमा संलग्नलाई प्रहरीले पक्राउ गर्न थालेपछि यसले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए । ‘हामीले सुरुमा अभिभावकलाई सम्झाइबुझाइ गरी बिहे रोक्न आग्रह गर्छौं’, उनले भने, ‘अटेर गरे मात्र प्रहरीलाइ जानकारी गराएर बाल विवाह रोक्न लगाउँछौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.