ब्यान्ड मास्टरको हत्यामा संलग्न तीनजना पक्राउ

ब्यान्ड मास्टरको हत्यामा संलग्न तीनजना पक्राउ

वीरगन्जः गत असार १० गते वीरगञ्जको घण्टाघरको टाँगा स्ट्याण्ड नजिकै पशुपति ब्याण्डबाजाका सञ्चालक (ब्यान्ड मास्टर) भिखारी रामको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरका ४० वर्षीय महजिद मियाँ हजाम, सर्लाहीको बरहथवा नगरपालिका–१० का ४२ वर्षीय भरत थापा र कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१ का २९ वर्षीय विजय नेपालीलाई प्रहरीले पक्रेको हो । 

गत असार १० गते राति रक्सी पिएका महजिद मिया र मृतक भिखारी रामबीच नेपाल टेलिकमबाट पूर्ब जाने  रेल्वे रोड र लिंक रोडबीचको गल्लीमा विवाद हुँदा महजिदले भिखारी रामलाई लडाएर टाउकोमा ढुङगाले हिर्काइ हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

ढकालका अनुसार  त्यसअघि महजीद मियासँगै भरत र विजय बसपार्कबाट एउटै रिक्सामा चढेर रेल्वे रोड र लिंक रोडबीचको गल्लीसम्म आएको र त्यहाँ महजिद रिक्साबाट झरेपछि दुईजना रिक्सामै घण्टाघर तर्फ फर्किएका थिए ।

महजिदले भिखारी रामको हत्या गरेपछि भरत र विजय फेरि घटनास्थलमा आएर मृतकको शरिरबाट उनको मोबाइल लिएर फरार भएका थिए । हत्यामा संलग्न मियालाई सोमबार नारायणी उपक्षेत्रीय अस्पताल नजिकबाट र अरु दुईलाई असार १८ गते घण्टाघर चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए ।

भिखारी रामको हत्यामा भरत र विजयको प्रत्यक्ष संलग्नता नदेखिए पनि हत्या अघिसम्म दुवैजना महजिद मियाको साथमै रहेको र हत्यापछि मृतक भिखारी रामको मोबाइलसहित फरार भएकाले उनीहरुलाइ पनि पक्राउ गरिएको ढकालले बताए ।

गत असार १० गते राति ९ बजे घरबाट खाना खाएर पान खान निस्केका पशुपति ब्याण्डका मालिक भिखारी राम राती घर नफर्केपछि परिवारजनले खोजी गर्दा भोलिपल्ट बिहान घण्टाघरदेखि पूर्व इनर बाइपास जाने गल्लीभित्र शव फेला परेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.