हेटौंडा–कुलेखानी सडकअवरुद्ध

हेटौंडा–कुलेखानी सडकअवरुद्ध

मकवानपुर :  हेटौंडा- काठमाडौं छोटो मार्ग मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौंडा–कुलेखानी सडकखण्डको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

 इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान वर्षातसँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ यातायात दुईतर्फी अवरुद्ध भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बुढाले बताए ।  
सडक अवरुद्ध हुँदा सयौं टाटा सुमो र अन्य सवारी साधनमा रहेका यात्रुहरु अलपत्र परेका छन् । पहिरो हटाउन प्राविधिकसहित डोजर तयारी अवस्थामा रहेपनि वर्षात नरोकिएकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए । पानी रोकिएपछि पहिरो हटाउन थालिने उनले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.