मनाङको फु खोलामा दुईजना बेपत्ता

मनाङको फु खोलामा दुईजना बेपत्ता

मनाङ : रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोलानजिकै फु खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। 

नार्पाभूमि गाउँपालिका–४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन्। 

२०७४ चैतमा ज्यामी काम गर्न मनाङ छिरेका पुनमगर र बुढामगर हालसम्म वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको हो। 

उनीहरुको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय मनाङ, अस्थायी प्रहरी चौकी, प्याखुका प्रहरी जवान तथा धारापानी प्रहरी चौकी लागिपरेका छन् ।

बेंसीसहरस्थित लमजुङ जिल्ला प्रहरीलाई पनि खोजी कार्य जारी राख्न जिल्ला प्रहरी कार्यालय मनाङले अनुरोध गरेको छ। 

रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.