बुद्धमायालाई काठमाडाैं लगियो

बुद्धमायालाई काठमाडाैं लगियो

बर्दिबास : जातीय विभेदको सिकार भएकी महोत्तरीको बर्दिबास—४ भब्सीकी बुद्धमाया विश्वकर्मालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

अदालतले न्याय दिए पनि पीडकको पक्षमा रहेको समाजले दबाब बढाएपछि उनले विष सेवन गरी आत्महत्या प्रयास गरेकी थिइन् । मुटु र आन्द्रामा समस्या देखिएपछि बुद्धमायालाई शनिबार काठमाडौंको ग्रिन सिटी अस्पताल लगिएको हो । विष सेवनपछि बेहोस भएकी उनलाई बुधबार बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो ।

बर्दिबासका मेयर विदुरकुमार कार्कीले नगरपालिकाका तर्फबाट एम्बुलेन्स उपलब्ध गराएर उनलाई काठमाडौं पठाइएको बताए । ‘विष सेवनको उपचार लगभग पूरा भइसकेको छ’, डा. अभिनास यादवले भने, ‘मुटु र आन्द्रामा पोल्ने असर देखिएको छ ।’

उनको स्वास्थ्य अवस्था निकै कमजोर भएको छोरी मनीषाले बताइन् । पानी छोएको भन्दै बुद्धमाया र मनीषामाथि दुव्र्यवहार गर्नेलाई जिल्ला अदालत महोत्तरीले ६ महिना कैद, जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । त्यसपछि सामाजिक बहिष्करणका कारण उनले आत्महत्या प्रयास गरेको जनाइएको छ ।

पानी छोएको निहुँमा वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले कुटपिट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.